• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

‘जहाँको कर त्यहीको विकास’

  •   शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । अमेरिकाको डेमोक्रेटिक पार्टीबाट नेपाली मूलका टीका पौडेल अहिले टेक्सासस्थित युलेस सिटीका उपप्रमुख (मेयर प्रोटिन) सेवारत हुनुहुन्छ । यसअघि सोही सिटीमा सदस्यमा निर्वाचित हुनुभएका उहाँ यस पटक निर्विरोध मेयर प्रोटिन चयन हुनुभएको हो । उहाँका अनुसार सिटीमा प्रमुखसहित सात जना हुने गर्दछन् । अन्य छ जना रिपब्लिकन पार्टीबाट निर्वाचित हुनुभएको हो भने उपप्रमुख पौडेल डेमोक्रेटिक पार्टीबाट निर्विरोध निर्वाचित हुनुभएको हो ।

    अमेरिकामा नेपाली मूलका निकै थोरै जनप्रतिनिधि छन् । तीमध्येका पौडेल आफ्नो सिटीमा रु तीन खर्ब नेपाली बराबरको आगामी वर्षका लागि बजेट अनुमोदन गरेर नेपाल आइपुग्नुभएको छ । चितवनको रत्नरनगमा पुख्र्याैली घर रहेको पौडेल यहाँको अवस्था र त्यहाँको अवस्थालाई तुलना गर्दैगर्दा कर सङ्कलनलाई यहाँ प्राथमिकता दिन नसकिएको बताउनुहुन्छ ।

    उहाँले नेतृत्व गर्नुभएको सिटीको मुख्य आम्दानी सम्पत्ति कर भएको जानकारी दिनुहुन्छ । त्यसो त अमेरिकामा जुन ठाउँबाट कर उठ्यो त्यही खर्च गर्ने गरिन्छ । यसका अतिरिक्त स्टेटमा पनि पठाउने गरिन्छ ।

    नेपालमा प्राध्यापन पेसा छाडेर २० वर्षअघि अमेरिका पुग्नुभएका पौडेल जहाँको कर त्यहाँको विकास गर्नुपर्ने सुझाव दिनुहुन्छ । विद्यालय र राजमार्ग माथिल्लो सरकारले हेर्छ भने अरु सबै सिटीले व्यवस्था गर्नुपर्ने हुन्छ । आफ्नो सिटीमा छ सयभन्दा बढी कर्मचारी रहेको जनाउँदै मेयर प्रोटिन पौडेलले भन्नुभयो, “हामीले अमेरिकामा विकास गर्नका लागि सम्पत्ति कर नै धेरै सङ्कलन गर्ने हो ।” सम्पत्ति कर ४६ प्रतिशत सिटीले राख्छ भने ५४ प्रतिशत स्टेट र सङ्घमा जान्छ । उहाँले भन्नुभयो, “हामीलाई चाहिने बजेट राखेपछि मात्रै बाँकी बजेट अन्यत्र पठाउँछौं ।” थप बजेट चाहिएमा माथिल्लो सरकारबाट माग गर्ने गरेको उहाँको भनाइ छ ।

    नेपालमा पर्याप्त कर सङ्कलन हुन नसक्दा विकास हुन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ कर सङ्कलनमा ध्यान जानुपर्छ, उठेको कर सदुपयोग गर्नुपर्छ ”, उहाँले भन्नुभयो, “नेपालमा जहाँ कर उठ्यो विकासमा त्यहाँ प्राथमिकता दिएको पाइँदैन, जसका कारण कर उठाउन प्रेरित गर्न सकिएको छैन ।”

    अमेरिकामा भ्रष्टाचार कम हुने गरेको उहाँको दाबी छ । मेयर प्रोटिनले भन्नुभयो, “त्यहाँ भ्रष्टाचार ग¥यो भने भ्रष्टाचार गर्नेको राजनीति समाप्त भयो, जीवन नै सकियो ।” त्यसो त सबै व्यवस्था राज्यले गर्ने हुँदा केका लागि भ्रष्टाचार गर्ने ? उहाँले प्रश्न गर्नुभयो । उहाँका अनुसार आम नागरिकलाई अत्यावश्यक पर्ने शिक्षा, स्वास्थ्यको जिम्मेवारी राज्यले गर्ने गर्दछ । नेपालमा जति सम्पत्ति कमाए पनि एउटा रोग लाग्दा सकिने उदाहरण दिँदै उहाँले अमेरिकामा त्यो सबै जिम्मेवारी राज्यले लिने हुँदा धेरै पैसा नागरिकलाई आवश्यक छैन ।

    गुणस्तरीय जीवनका लागि सरकारको जिम्मेवारी हुँदा त्यहाँका जनप्रतिनिधि र कर्मचारी भ्रष्टाचार तर्फ ध्यान नै नजाने मेयर प्रोटिन पौडेलले बताउनुभयो । आफ्नो सिटीमा ५७ देशका नागरिक बसोबास गर्ने जनाउँदै उहाँले विकासका कारण ती सबैको चित्त बुझाउन सकिएको प्रतिक्रिया दिनुभयो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.