• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

वागीश्वरीमा सामुहिक गौं पूजन एवं गौं कथा कार्यक्रम हुने

  •   मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । तिहारको अवसरमा योगी नरहरी नाथ गौं संरक्षण केन्द्र, वागीश्वरीमा त्रिदिवसीय सामुहिक गौं पूजन एवं संगीतमय गौ कथा कार्यक्रम हुने भएको छ । केन्द्रमा यही कात्तिक १५, १६ र १७ गते लक्ष्मी पूजा, गाई पूजा र गोबद्र्धन पूजाको अवसरमा त्रि दिवसीय सामुहिक गौ पूजन एवं संगीतमय गौ कथा कार्यक्रम आयोजना गरिएको हो । केन्द्रमा आज पत्रकार सम्मेलनको आयोजना गरी हरेक दिन बिहान ७ः३० बजेबाट पूजा शुरु हुने जानकारी दिईयो ।

    केन्द्रका संयोजक नवराज ढकालका अनुसार बि.सं. २०३९ सालबाट यस केन्द्रमा गाई संरक्षण गरिंदै आएको छ । राष्ट्रगुरु योगी नरहरिननाथबाट गौ संरक्षण शुरु भएको भन्दै उहाँले त्यसलाई निरन्तरता दिंदै आएको बताउनुभयो । गाईलाई लक्ष्मीको प्रतीकका रुपमा पूजा गरिने बताउँदै संयोजक ढकालले भन्नुभयो “गाईलाई तिहारको समयमा मात्रै पूजामा सीमित नगरी गाईको उचित स्याहार सुसार र संरक्षण गर्न सकेमा मात्र गाईको वास्तविक पूजा हुनेछ ।”

    उहाँले संरक्षण केन्द्रमा रहेका गाईहरु मध्ये ‘एउटा गाई एक दिनका लागि मैले पालन पोषण गर्छु’ भनेर एक दिनको खर्च व्यहोरेर गाई संरक्षणमा सहभागी बन्न सकिने समेत बताउनुभयो । सो अवसरमा बोल्दै नेपाल सन्त समाजका महासचिव प्रा.डा. गुरुप्रसाद सुवेदीले उन्नत जातका गाई पूजा गर्दा ‘फल’ प्राप्ती नहुने बताउनुभयो । उन्नत जातका गाईमा स्थानीय जातका गाईमा हुने गुण नहुने हुँदा पवित्र हुने उहाँको भनाई छ । महासचिव प्रा।डा।सुवेदीले उन्नत जातका (जर्सी लगायतका) गाईको दूध, गहुँत र गोरबमा समेत स्थानीय जातका गाईमा हुने गुण नहुने बताउनुभयो ।

    प्रा.डा.सुवेदीले भन्नुभयो “गाईमा हुनु पर्ने गुण उन्नत जातका गाईमा हुँदैन, त्यसैले यी गाई अपवित्र भन्न मिल्छ ।” देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष समेत रहनु भएका प्रा.डा.सुवेदीले धार्मिक कार्यहरुमा समेत उन्नत जातका गाईको अघ्र्य (दूध), गहुँत (पिसाबं) र गोरब प्रयोग गर्न नहुने बताउनुभयो । उहाँले थप्नुभयो “अपवित्र भईसकेपछि त्यो पवित्र कार्यमा प्रयोग गर्दा कुनै फल प्राप्त हुँदैन ।” केन्द्रले स्थानीय जातका गाईको दीर्घकालिन संरक्षणका लागि अक्षयकोषको समेत स्थापना गरेको छ ।

    कोषमा रु।एक करोड हाराहारी रकम पुगेको छ । हाल केन्द्रमा २५० भन्दा बढी स्थानीय जातका गाई रहेका छन् । तिनीहरुको पालन पोषण दाताहरुको सहयोगमा हुँदै आएको छ । दाताहरुले नगद, पराल, चोकर लगायतका सामग्री सहयोग गर्ने गरेका छन् । केन्द्रले आगामी वर्षदेखि ‘गौसेवा पत्रकारिता पुरस्कार’ समेत प्रदान गर्ने भएको छ । रु.११ हजार एक सय सहित हरेक वर्ष एक जना पत्रकारलाई सम्मान गरिने संयोजक ढकालको भनाई छ । बागेश्वर पवित्र दीर्घस्थल देवघाट नजिक पर्दछ ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.