हेटौँडा । सोमबार बिहान मकवानपुरमा ३९ जनामा कोरोना पुष्टि भएको छ। हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको आज बिहान आएको रिपोर्ट अनुसार मकवानपुरमा ३९ जनामा कोरोना पुष्टि भएको जनाइएको छ। आज संक्रमित मध्य ११ महिला १८ पुरुष रहेको जनाइएको छ । १५३ जनाको स्वाबमा ३९ जनामा मात्र कोरोना पुष्टि भएको हो । जुन संक्रमितको संख्या ३४ प्रतिशत रहेको छ।









