• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

पाथीभरामा सात वर्षमा १३ लाखभन्दा बढी दर्शनार्थीले गरे पूजापाठ

  •   सोमबार, मङि्सर २४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    फुङ्लिङ (ताप्लेजुङ)  ।  ताप्लेजुङको धार्मिकस्थल पाथीभरामा पछिल्लो सात वर्षमा १३ लाखभन्दा बढी दर्शनार्थीले पूजापाठ गरेको छन् । विभिन्न क्षेत्रबाट सात वर्षको समय अवधिमा १३ लाख तीन हजार ९२ जना दर्शनार्थीले पूजापाठ गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिले आर्थिक वर्ष २०७४/७५ देखि २०८०/८१ सम्मको तथ्याङ्क १३ लाख तीन हजार चार सय ९२ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको समितिले सार्वजनिक सूचानामा उल्लेख गरको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार सात वर्षको अवधिमा कूल १३ लाख तीन हजार चार सय ९२ जना दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् ।

    यो तथ्याङ्क चालू आर्थिक वर्ष २०८१/८२ को समावेश नगरी तयार गरिएको हो । तथ्याङ्कअनुसार सबैभन्दा बढी दर्शनार्थी आर्थिक वर्ष २०७९/८० मा आएका छन् । उक्त वर्ष दुई लाख ८३ हजार नौ सय ४५ जना दर्शनार्थीले पाथीभरामा पूजाआजा गरेको थियो । पछिल्ला केही वर्षमा दर्शनार्थीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ३१ हजार तीन सय ३४ जना तथा आर्थिक वर्ष २०७७/७८ मा दुई लाख १७ हजार नौ सय ६१ जना दर्शनार्थीले पाथीभरा पुगेर पूजापाठ गरेको तथ्याङ्क रहेको छ । यस अवधिमा सबैभन्दा कम दर्शनार्थी आर्थिक वर्ष २०७५/७६ मा आएका छन् ।

    उक्त वर्ष एक लाख एक हजार छ सय पाँच जना दर्शनार्थीले मन्दिर दर्शन गरेका थियो । कोरोना महामारीका कारण केही वर्ष दर्शनार्थीको आगमनमा कमी देखिएको भए हाल स्थिति सामान्य हुँदै गएको छ । चालु आव २०८१/८२ को कात्तिक महिना मात्रै ६१ हजार एक सय ७३ जना दर्शनार्थीले पाथीभरा पुगेर पूजापाठ गरेको थियो । असोज महिनामा भने पाँच हजार नौ सय ४९ जनाले मात्र मन्दिरको दर्शन गरेको थियो । तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिर पुग्न धरान–माझीटार हुँदै तमोर करिडोर वा झापाको बिर्तामोडबाट इलाम–पाँचथर हुँदै मेची राजमार्ग प्रयोग गर्न सकिन्छ ।

    सुकेटारसम्म पक्की सडक रहेको छ भने काफ्लेपाटीसम्म कच्ची सडकले यात्रालाई चुनौतीपूर्ण बनाएको छ । क्षेत्र विकास समितिका अनुसार काफ्लेपाटीदेखि पाथीभरा पुग्न पाँच किलोमिटर पैदल यात्रा गर्नुपर्ने हुँदा यो यात्रा श्रद्धालुहरूका लागि विशेष अनुभव बनेको छ । पैदल मार्गलाई व्यवस्थित बनाउन विभिन्न स्थानमा पानी र हिउँबाट जोगिने फाइबर छाना राखिएका छन् । काफ्लेपाटीसम्मको मार्गलाई फाइबर छाना ओढाउने योजना अझै पूरा हुन बाँकी छ ।

    पाथीभरा मन्दिर धार्मिक आस्थाको प्रतीक मात्र होइन, प्राकृतिक सौन्दर्य र साहसिक यात्राको केन्द्र हो । प्रत्येक वर्ष लाखौँ श्रद्धालु यहाँ पूजाआजा गर्न आउने गरेकाले यस क्षेत्रले स्थानीय पर्यटन र अर्थतन्त्रलाई उकास्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । सुविधा थप व्यवस्थित र प्रचारप्रसार व्यापक बनाउने हो भने पाथीभरा धार्मिक मात्र नभई विश्व पर्यटनको महत्त्वपूर्ण गन्तव्य बन्न सक्ने सम्भावना छ ।

    नेपालीको महान् पर्व बडादशैँ सुरु, आज घटस्थापना
    बडादशैं : टिकाको साइत कुन देशमा कति बजे ?
    दसैँको घटस्थापना र टिकाको साइत सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.