• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

पदयात्राको नयाँ गन्तव्य बन्दै ‘रुद्रपुर गढी’

  •   बिहिबार, पुष १८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा रहेको ऐतिहासिकस्थल रुद्रपुर गढी पदयात्राको नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ । हुप्सेकोट गाउँपालिका–५, अन्तर्गत धौवादी क्षेत्रमा पर्ने रुद्रपुर गढी पदयात्राको नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको हो ।

    पूर्व पश्चिम राजमार्गको दलदलेदेखि करिब २५ किलोमिटरको उत्तरतर्फ रहेको रुद्रपुर गढी पुग्नेको सङ्ख्या अहिले दिनहुँ बढ्न थालेको हुप्सेकोट गाउँपालिका–५, का अध्यक्ष पदमबहादुर रानाले बताउनुभयो । छोटो दूरीको पदयात्रा गर्न चाहनेको रोजाइमा हिजोआज रुद्रपुर गढी पर्ने गरेको अध्यक्ष रानाले बताउनुभयो । एक हजार नौ सय ३६ मिटरको उचाइमा रहेको जिल्लाकै अग्लो डाँडा देवचुली जान नसक्नेहरू धेरै जसो रुद्रपुर गढी पुग्ने गरेको उहाँको भनाइ छ ।

    देवचुलीको यात्रा केही लामो हुने गरेपछि छोटो दूरीको पदयात्रामा रमाउन चाहनेहरूको रोजाइमा रुद्रपुर गढी पर्ने गरेको हो । धौवादीको हुरहुरेबाट करिब एक घण्टाको पैदल यात्रा गरी रुद्रपुर गढी पुग्न सकिन्छ । छोटो दूरीको यात्रा भएपछि यहाँबाट जिल्लाको रमणीय पहाडी फाँट, उत्तरतर्फ हिमाली शृङ्खला र दक्षिणतर्फका बस्तीहरूको समेत अवलोकन गर्न सकिने उहाँले बताउनुभयो । यति मात्र नभएर रुद्रपुर डाँडाको टुप्पोमा रहेको ऐतिहासिकस्थल रुद्रपुर गढीको अवलोकनसमेत गर्न सकिने हुँदा पदयात्रामा निस्कनेहरूको रोजाइमा रुद्रपुर गढी पर्ने गरेको अध्यक्ष रानाले बताउनुभयो ।

    “रुद्रपुरको यात्रामा निस्कनेहरूले रमणीय दृश्य त देख्न पाउँछन् नै, सँगै ऐतिहासिकस्थलको समेत अवलोकन गर्न पाउने हुँदा यहाँ आउनेहरू अहिले बढ्न थालेका छन्,” अध्यक्ष रानाले भन्नुभयो । समुन्द्र सतहदेखि एक हजार आठ सय मिटर उचाइमा रहेको सेन वंशीय राजा रुद्र सेनको गढी आफैँमा ऐतिहासिक महत्व बोकेको स्थानका रूपमा समेत रहेको छ । सेन वंशीय राजा रुद्र सेनले विसं १५५० मा पाल्पालाई आफ्नो राज्यको केन्द्र बनाउँदै अघि बढ्ने क्रममा यस गढीको निर्माण भएको इतिहास छ । तर अहिले गढी भएको स्थान झारपातले भरिएको भने संरक्षण अभावमा यहाँको संरचना नष्ट हुँदै गएको छ । यहाँ रहेको दरबारको भग्नावशेषलगायतका संरक्षणको अभाव देखिएको छ ।

    रुद्रपुर गढीसम्म पुग्नका लागि धेरैजसो ढलानसहितको पदमार्ग निर्माण गरिएको छ । हुप्सेकोट गाउँपालिकाले पदमार्ग र केही स्थानमा विश्रामस्थलहरू निर्माण गरेको छ । तर पूर्ण रूपमा पदमार्ग निर्माण हुन अझै बाँकी रहेको छ । पदमार्गसहित थप विश्रामस्थल, खानेपानीको व्यवस्थापन र रुद्रपुर गढीको संरक्षण, गढी क्षेत्रमा गढीको इतिहाससहितका परिचय सामग्री राख्ने हो भने यस क्षेत्रको आकर्षण थप बढ्ने पदयात्रामा पुग्नुभएका कावासोतीका वीरेन्द्र पराजुलीले बताउनुभयो ।

    “रुद्रपुर गढी रमणीय लाग्यो, तर थप यसको व्यवस्थापन गर्नुपर्ने देखिन्छ, गढी क्षेत्रको परिचय सामग्री राख्ने र यसको सरसफाइ मात्र गर्ने हो भने थप राम्रो हुने थियो,” पदयात्रामा आउनेको सङ्ख्या बढ्ने थियो,” पराजुलीले भन्नुभयो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.