हेटौंडा । हेटौंडामा थप ३१ जनाको कोरोना भाइरस परीक्षणको लागि स्वाब संकलन गरिएको छ । आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखा हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाई अनुसार आज थप ३१ जनाको स्वाब संकलन भएको छ । जसमा १८ जना पुरुष र १३ जना महिला रहेका छन् । आज बिहान संकलन भएको स्वाबको परीक्षण रिपोर्ट साँझ सम्म आइपुग्ने बताईएको छ । यसअघि मकवानपुरमा ८ जनाको स्वाब परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको थियो । मकवानुरमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ३ हजार ४ सय पुगेको छ । पुष्टि भएका संक्रमितमा हालसम्म २ हजार ७ सय ९१ जना संक्रमण मुक्त भएका छन् । जिल्लामा हाल ५ सय ७९ सक्रिय संक्रमित उपचाररत रहेका छन् । मकवानपुरमा हालसम्म कोरोनाको कारण २८ जना को ज्यान गएको छ । जसमा हेटौंडा उपमहानगरपालिकाका २१ जना,बकैया,मनहरी र थाहाका २/२ जना रहेका छन् भने एक जना बागमती गाउँपालिकाका रहेका छन् ।








