हेटौँडा । छौठौ उद्योग दिवस -२०७७ को अवसरमा हस्तकला तथा घरेलु उपज साम्रागीको प्रदर्शन गरिएको छ । छौठौ उद्योग दिवस -२०७७ को अवसरमा बागमती प्रदेश उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालय हेटौँडाको हातामा हस्तकलाका र घरेलु उपज साम्रागीको प्रदर्शनी गरिएको हो। उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालय,उद्योग वाणिज्य तथा उपभोक्ता हकहित संरक्षण निर्देशनालयको आयोजना तथा मकवनपुर हस्तकला संघ तथा मकवानपुर महिला उद्योगी व्यवसायी संघ मकवानपुरको सहयोगमा एक दिने हस्तकलाका र घरेलु उपज साम्रागीको प्रदर्शनी गरिएको हो। प्रदर्शनीमा जाडोको न्यानोकपडा,माला,अचार,दुना टपरी,बासबाट बनेका साम्रागीहरु राखिएको थियो।प्रदर्शनीमा २५ हस्तकलाका र घरेलु उपज साम्रागीहरुको स्टल रहेको थियो।








