हेटौँडा। बुधबार बिहान मकवानपुरमा २३ जना कोरोना संक्रमित थपिएका छन् । हेटौँडा-१० मा रहेको कोरोना परिक्षण प्रयोगशालामा गरिएको ७४ जनाको स्वाब परीक्षणमा २३ जनामा कोरोना पुष्टि भएको हो । २३ जना मध्ये १३ जना महिला रहेको र १० जना पुरुष रहेको हेटौँडाका कोभिड-१९ फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्। आजको संक्रमित दर ३१ प्रतिशत रहेको छ।









