हेटौँडा। राप्रपा मकवानपुरले राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम गर्न हेटौँडामा बृहत मोटरसाइकल र्यालीको आयोजना गर्ने भएको छ। मंसिर १९ गते शुक्रबार बागमती प्रदेशको राजधानी हेटौँडामा बृहत मोटरसाइकल र्यालीको आयोजना गरिएको राप्रपा मकवानपुरका हेटौँडा नगर सभापति गुरु प्रसाद सापकोटाले बताएका छन्। हेटौँडा-५ पुष्पलाल पार्कमा रहेको पार्टी कार्यालयबाट सुरु हुने र्यालीले हेटौँडा बजारको परिक्रमा गर्ने जनाइएको छ। र्यालीमा राप्रपाका केन्द्रीय अध्यक्ष सहितको नेताहरुको सहभागिता रहने जनाइएको छ। गत आइतबार २०४७ सालको संविधान पुर्नस्थापनाका लागी र राजा आउ देश बचाउ भन्दै राष्ट्रिय प्रजातन्त्रीक गठबन्धन (एन डिए) ले हेटौँडा बृहत् मोटरसाइकल र्याली सहित प्रर्दशन गरेको थियो।








