हेटौँडा। मकवानपुरमा मंगलबार साँझ १५ जनामा कोरोना पुष्टि भएको छ। हेटौँडा-१० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा गरिएको ६८ जनाको कोरोना जाँचमा १५ जनामा कोरोना पुष्टि भएको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।संक्रमित मध्य ६ महिला र ९ पुरुष रहेको जनाइएको छ। आजको संक्रमित दर २२ प्रतिशत रहेको छ।









