हेटौँडा । मकवानपुरमा बुधबार साँझ १२ जनामा कोरोना पुष्टि भएको छ। हेटौँडा-१० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा गरिएको ४६ जनाको कोरोना जाँचमा १२ जनामा कोरोना पुष्टि भएको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।संक्रमित मध्य ३ महिला र ९ पुरुष रहेको जनाइएको छ। आजको संक्रमित दर २६ प्रतिशत रहेको छ।









