हेटौंडा ।राक्सिराङ गाउँपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने सेवा विहिबार बन्द ठप्प हुने भएको छ । गाउँपालिकाको कार्यालयले सूचना जारी गरी सेवा बन्द हुने जानकारी गराएको हो । कार्यालयले २०४६ सालको जनआन्दोलन पश्चात तत्कालिन खैराङ गाविसको प्रथम जननिर्वाचित उपाध्यक्ष एवं हाल राक्सिराङ गाउँपालिका वडा नम्बर ९ को कार्यालय सहायक खुपबहादुर मल्लको निधनमा कार्यालय बन्द हुने भएको छ । उनको बुधबार निधन भएको थियो ।








