हेटौँडा। मकवानपुरमा मंगलबार साँझ ३६ जनाको कोरोना जाँच हुदा ५ जनामा कोरोना पुष्टि भएको छ। हेटौँडा-१० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा गरिएको ३६ जनाको कोरोना जाँचमा ५ जनामा कोरोना पुष्टि भएको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।संक्रमित मध्य ३ महिला र २ पुरुष रहेको जनाइएको छ।आजको संक्रमित दर १४ प्रतिशत रहेको छ।









