हेटौँडा । मकवानपुरमा सोमबार साँझ ९ जनामा कोरोना पुष्टि भएको छ।आइतबार ४३ जनाको स्वाव संकलन गरी हेटौँडामा रहेको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोरोना पुष्टि भएको हो। आज कोरोना पुष्टि हुनेमा ८ पुरुष र १ महिला रहेको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।








