• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ३०, २०८३
☰
सोमबार, कार्तिक ३०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू, फेन्सी र सुनचाँदी व्यवसायीबीच ऐक्यबद्धता

  • २. भोलि मेघगर्जन र असिनासहित वर्षाको सम्भावना

  • ३. डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी

  • ४. गैंडाकोटबाट लागुऔषधसहित चार जना पक्राउ

  • ५. छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

  • ६. पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

  • ७. भरतपुरमा ईभी कारको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना घाइते

  • ८. चिसापानीगढी दुर्घटना : ज्यान गुमाउने सबैको परिचय खुल्यो

  • ९. सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

  • १०. मंसिर २ देखि १७ सम्म ‘नारायणी महोत्सव २०८३’, नयाँ आकर्षण थपिँदै

मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँः रवि लामिछाने

  •   शनिबार, कार्तिक २८, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशका जनताले यसपटक दिएको जनमतअनुसार परिवर्तन महशुस गराउन नसके आगामी निर्वाचनमा भोट माग्न नजाने घोषणा गर्नुभएको छ । शनिवार छठ पर्व मनाउन जनकपुरधाम पुग्नुभएका लामिछानेले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मधेसी जनताको आशा र विश्वासलाई निराशामा बदल्न नहुने बताउनुभएको हो । उहाँले वर्तमान अवसर कुनै व्यक्तिको राजनीतिक प्रगतिका लागि नभई मधेसी जनताको मुहारमा खुशी ल्याउन र उनीहरूको जीवनमा परिवर्तन गर्न प्राप्त भएको बताउनु भयो । जनताको जनमतको अपमान गर्दै आफ्ना मान्छेलाई टिकट दिलाउने र जनताको बस्तीमा परिवर्तनको अनुभूति गराउन नसक्ने हो भने आगामी निर्वाचनमा जनताले अहिलेको समर्थन फिर्ता लिन समय नलगाउने उहाँको चेतावनी छ । लामिछानेले राजनीतिमा जनतालाई झुक्याएर भोट माग्ने प्रवृत्ति आफूलाई स्वीकार्य नभएको बताउनु भयो ।

    जति बोल्ने हो त्यति नै गर्नुपर्ने भन्दै उहाँले जनतासँग गरेका वाचा पूरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले रास्वपाभित्र सरकारका कामकारबाहीबारे हुने आलोचना, सुझाव र बहसलाई पार्टी फुटको संकेतका रूपमा नबुझ्न आग्रह गर्नुभयो । रास्वपा आन्तरिक लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले आफ्नै सरकारका काममा पनि आवश्यकताअनुसार आलोचना र सुझाव दिने गरेको उहाँको भनाइ छ । सरकारले गरेका केही काममा त्रुटी देखिए सुझाव र आलोचना गर्दा पार्टीभित्र विवाद भएको भन्दै विभिन्न भाष्य निर्माण गर्ने गरिएको उल्लेख गर्दै उहाँले त्यसलाई आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा बुझ्न आग्रह गर्नुभयो । लामिछानेले सरकारले आफ्ना प्रतिवद्धता पूरा गर्न काम गरिरहेको दाबी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न पनि आग्रह गर्नुभयो । उहाँले सरकारले छठ पर्वलाई महत्व दिँदै बिदा दिने निर्णय गरेको प्रसङ्ग पनि उल्लेख गर्नुभयो । छठमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यको महत्व रहने भएकाले पर्वका सबै पक्षलाई ध्यानमा राखेर सरकारले बिदा दिने निर्णय गरेको उहाँको भनाइ छ ।

    लामिछानेले भन्नुभयो, ‘सरकारका काममा देखिएका कमजोरीबारे आफ्नै पार्टीभित्र आलोचना, सल्लाह र सुझाव आउनु फुटको संकेत होइन, बलियो आन्तरिक लोकतन्त्रको उदाहरण हो । जनताले दिएको अवसर व्यक्तिगत स्वार्थका लागि होइन, मधेस र देशमा वास्तविक परिवर्तन ल्याउनका लागि हो । हाम्रो प्रतिवद्धता स्पष्ट छ । जति बोल्छौँ, त्यति नै गर्छौँ । जनतालाई झूटो आश्वासन दिएर राजनीति गर्दैनौँ । जनताको विश्वास र जनमतको सम्मान गर्दै मधेसी जनताको जीवनमा परिवर्तन ल्याउनु हाम्रो पहिलो जिम्मेवारी हो । साथै, छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई सम्मान गर्दै सरकारले दिएको सार्वजनिक बिदाले जनताको भावना र संस्कृतिप्रतिको सम्मान झल्काउँछ ।’ रास्वपाले मधेससहित देशभरका जनताको आवाज सुन्ने उल्लेख गर्दै लामिछानेले जनताको विश्वासलाई कुनैपनि हालतमा ओझेल पर्न नदिन पार्टी पङ्क्तिलाई आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल

    छठ मनाउन गगन थापा पत्नीसहित सर्लाहीमा
    सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण
    जेन–जी आन्दोलन षड्यन्त्र हो, काँग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयोः देउवा

    लोकप्रिय

    • १.
      चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू,

    • २.
      भोलि मेघगर्जन र असिनासहित वर्षाको सम्भावना

    • ३.
      डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी

    • ४.
      गैंडाकोटबाट लागुऔषधसहित चार जना पक्राउ

    • ५.
      छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

    • ६.
      पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    भर्खरै

    • १.
      दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गर्न चितवनका दुग्ध किसानको माग, सरकारलाई सातदिने अल्टिमेटम

    • २.
      नागरिकताको प्रतिलिपि लिन अब गृह जिल्ला जान नपर्ने

    • ३.
      छठ मनाउन गगन थापा पत्नीसहित सर्लाहीमा

    • ४.
      रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

    • ५.
      सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण

    • ६.
      जापानमा नयाँ ESDP भिसामार्फत १,००० भन्दा बढी नेपालीलाई रोजगारीको अवसर, अनुभव नभएकाले पनि आवेदन दिन सक्ने

    • ७.
      चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू, फेन्सी र सुनचाँदी व्यवसायीबीच ऐक्यबद्धता

    • ८.
      छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.