हेटौँडा । मकवानपुरमा बिहिबार साँझ ९ जनामा कोरोना पुष्टि भएको छ । बिहिबार बिहान ५५ जनाको स्वाव संकलन गरी हेटौँडामा रहेको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोरोना पुष्टि भएको हो । आज कोरोना पुष्टि हुनेमा ४ पुरुष र ५ महिला रहेको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन् ।









