हेटौँडा । मकवानपुरमा आइतबार साँझ १२ जनामा कोरोना पुष्टि भएको छ। आइतबार बिहान ३९ जनाको स्वाव संकलन गरी हेटौँडामा रहेको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा कोरोना पुष्टि भएको हो। आज कोरोना पुष्टि हुनेमा ९ पुरुष र ३ महिला रहेको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।









