हेटौँडा । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरि संबैधानिक ‘कु ‘ गरेको विरोधमा सत्तारुढ दल नेकपा निकट युवाले मकवानपुरको हेटौंडामा प्रदर्शन गरेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले संसद विघटन गरि संबैधानिक कु गरेकोले विरोध कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियु मकवानपुरका पुर्व अध्यक्ष किशोर टन्डनले बताएका छन् । युवाहरुको प्रदर्शन मेनरोड, सिमा चोक हुदै बुद्ध चोकमा आएर कोणसभामा परिणत भएको थियो । यस अघि आज दिउँसो नेपाल विद्यार्थी संघ मकवानपुरले पनि कोपी ओलीको कदम विरुद्ध प्रदर्शन गरेको थियो ।








