साङ्केतिक तस्वीर
हेटौंडा । हेटौंडा घर भई हाल बैङ्कक, थाईल्याण बस्ने (पारिजात) नाम परिवर्तनको अश्लिल भिडियो पोर्न साइटमा राख्ने हेटौंडाका अस्लम अन्सारी पक्राउ परेका छन् । सामाजिक सञ्जालमा विभिन्न गतिविधि गरेर यौन उत्पीडन कार्यमा संलग्न उनलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोबाट खटिएका प्रहरीले अन्सारीलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षण नविन्द अर्यालले जानकारी दिए । उनलाई सामाजिक सञ्जालमा फेक आइडी, इमेल बनाएर पोर्न साइटमा अश्लिल भिडियो अपलोड गर्ने, महिलाहरुलाई अश्लिल सन्देश र तस्बिर पठाएर यौन उत्पीडन र हैरानी गरेको आरोप लागेको छ । पक्राउ पर्नेमा हेटौंडा-४ पारिजात पथका ३६ वर्षीय अस्लम अन्सारी रहेका छन् । उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ अनुमति लिएर पक्राउ गरेको जनाएको छ । उनले विद्युतीय उपकरण एवम् इन्टरनेटको दुरुपयोग गरी पीडित महिलाको अर्धनग्न, नग्न तस्बिर तथा भिडियो पोर्न साइटमा अपलोड गरेको प्रहरीको आरोप छ । १ हजार ९८ डलर दिए मात्रै उक्त तस्बिर हटाउन मिल्ने भन्दै आलमले ब्ल्याकमेल गरेको प्रहरीले जनाएको छ । त्यस्तै, प्रहरीले गोरखाको सुलिकोट-५ बारपाकघर भई हाल गोदावरी-११ चापागाउँ बस्ने २० वर्षीय रोकल बहादुर थापालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीमाथि सामाजिक सञ्जालमा फेक आइडी बनाउँदै नजिकका साथीहरुलाई यौनजन्य, अश्लिल सन्देश तथा तस्बिर पठाउने, यौन अश्लिलतायुक्त अनर्गल सामग्री पोस्ट गर्दै अपमान र हैरानी दिने गरेको आरोप छ ।









