हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ म रहेको नारायणी बहुउद्देशयीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा तथा रजत महोत्सव कार्यक्रम अन्तर्गत शुक्रबार बक्तृत्वकला प्रतियोगता सम्पन्न भएको छ । संस्थाले रजत महोत्सव तथा वार्षिक साधारण सभाको अबसरमा आयोजना गरेको सप्ताह व्यापी कार्यक्रमको द्रोस्रो दिन शुक्रबार बक्तिृत्वकला प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा चन्द्रोदय माविकी आकृति भण्डारी प्रथम, त्रिभुवन माविका समपुर्ण ढकाल द्धितिय र आधुनिक राष्ट्रिय माविका महानन्द यादव तृतिय भएका छन् । यस्तै प्रगति माविकी सभ्यता क्षेत्री सान्त्वना भईन । तियोगिातमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद तिन हजार, दुई हजार, एक हजार ५ सय र सान्त्वनाले नगद एक हजार प्राप्त गरे । प्रतियोगितामा हेटौंडा नगरभित्रका १४ वटा बिद्यालयका २२ जना विद्यार्थीहरुले सहभागीता जनाएका थिए । संस्थाका अध्यक्ष रामहरी न्यौपानैको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष नारायणप्रसाद देबकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।








