हेटौंडा । हेटौंडामा शनिबार अपरान्ह अनधिकृत ड्रोन उडाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा बुद्ध चोकमा ड्रोन उडाउने स्थानीय युवकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको हो । उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको मकवानपुर प्रहरीले जनाएको छ । उनले लकडाउनको दृष्य छायांकन गर्न ड्रोन प्रयोग गरेपनि ईजाजत नलिएको जनाईएको छ ।








