हेटौंडा । ज्योति माध्यमिक विद्यालयको आयोजनामा हेटौंडा उपमहागनरपालिका वडा नम्बर १८ हर्नामाडीमा ८ दिने मूर्तिकला कार्यशाला सुरु भएको छ । ज्योति माध्यमिक विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा आईतबारबाट ‘कलाका लागि कला नै’ भन्ने नाराका साथ ८ दिने मूर्तिकला कार्यशाला सुरु भएको हो । विद्यालयको पञ्चकन्या भवनस्थित माध्यमिक तहमा आगामी शैक्षिक सत्रदेखि ललितकला विषयअन्तर्गत् मूर्तिकला र चित्रकला कक्षा सञ्चालनलाई लक्षित गरेर कार्यशालाको सुरुवात गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले जानकारी दिए । हेटौंडा वडा नम्बर १८ का वडा अध्यक्ष अनिल बानियाँले उद्घाटन गरेको कार्यशालामा राष्ट्रिय कलाकार लक्ष्मण भुजुेलसहित ८ राष्ट्रिय कलाकार र २ जना स्थानीय कलाकारको सहभागिता रहेको छ । कार्यशालाका लागि साढे दुई लाख रुपैयाँ खर्च लाग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रम्ेतलले जानकारी दिए ।








