हेटौंडा । हेटौंडा– नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल हेटौंडा–८ नम्बर वडा ईकाई अध्यक्षमा राम थापा चयन भएका छन् । शनिबार वडाका युवाहरुको भेलाले थापालाई तरुण वडाध्यक्षको जिम्मा दिने सर्वसम्मत निर्णय भएको हो । यसअघिका तरुण दल ८ नम्बर वडा अध्यक्ष प्रल्हाद चौलागाईंको असामयिक निधन भएकोमा उनको ठाउँमा नयाँ अध्यक्ष नियुक्त गरिएको हो । नेपाली कांग्र्रेस हेटौंडा–८ नम्बर वडा सभापति रत्नमणि बगालेको अध्यक्षतामा भएको भेलामा पार्टी जिल्ला सदस्य हरिप्रसाद वाग्ले, क्षेत्रीय सभापति तारानाथ चौलागाई, नेपाल तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठक, तरुण दल नगर उपाध्यक्ष हेमन्त थापा, भूपेन्द्र अधिकारी, नगर सचिव सुशील सिग्देल, क्षेत्रीय प्रतिनिधि बुद्धिनाथ खतिवडा, भुपेन्द्र कोइराला, लक्ष्मी गौतम, हेटौंडा–८ नम्बर वडा पार्टी सचिव विरेन्द्रप्रसाद न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।








