नवलपुर । रजहर जेसीजको पदस्थापना तथा पदहस्तान्तण कार्यक्रम मंगलवार सम्पन्न भएको छ । जेसीज वर्ष २०२० का अध्यक्ष जेसी राजन गौतमले वर्ष २०२१ का अध्यक्ष राजु केसीलाई पदहस्तान्तरण गरेका हुन । जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष जेसी अरुणेश्वर खनालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आयोजना गरेको हो ।
पदहस्तान्तरण गर्दे जेसीज वर्ष २०२१ का उपाध्यक्ष समेत रहेका जेसी गौतमले आफ्नो कार्यकालमा जेसीज भित्र गरेका काम र प्रगतिको बारेमा जानकारी गराएका थिए । उनले जेसीजले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्न महत्व पुर्ण योगदान पुर्याउने हुदा जेसीजमा आस्था र जेसीजमा आबद्ध हुन आग्रह समेत गरेका छन ।
यस्तै रजहर जेसीज वर्ष २०२१ का लागि अनिल न्यौपाने, सचिवमा जेसी विन्दु क्षेत्री, उपाध्यक्षमा जेसी यमनाथ गौतम,उपाध्यक्ष जेसी माधव सुवेदी, उपाध्यक्ष जेसी सुस्मा थापा, कार्यकारीणि उपाध्यक्षमा जेसी अर्जुन कंडेल, कार्यकारी उपाध्यक्ष जेसी भानुभक्त पौडेल, कार्यकारीणि उपाध्यक्षमा शोभा मुखिया सर्वसम्मत चयन भएका छन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जेसीज राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले जेसीजलाई निरन्तरता दिन र यसमा युवाहरुलाई नेतृत्व र व्यक्तित्व विकास गराउन जेसीजका साथिहरुले विशेष ध्यान दिनुपर्ने बताए ।
रजहर जेसीजको उक्त पदहस्तान्तरण र पदस्थापना कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख , प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । जेसीज वर्ष २०२० का उपाध्यक्ष भानुभक्त पौडेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको जेसी सन्तोष थापा र जेसी दुर्गाप्रासद काफ्लेले कार्यक्रमको सहजिकरण गरेका थिए । कार्यक्रमकोसंयोजन जेसी इश्वर लोहनीले गरेका थिए ।








