चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले संगठन विस्तार तीव्र पारेको छ । यसै अन्र्तगत सोमवार भरतपुर महानगरपालिका वडा नं. २८ मा वडा कमिटी गठन गरिएको छ । जसमा विरबहादुर कुमाल पुनः अध्यक्षमा चयन हुनभएको छ । २७ कार्यसमिति वडा कमिटी गठन भएको हो । उपाध्यक्षमा गोपाल चापागाई, राम गिरी, शान्ती चौधरी, सचिवमा जगन्नाथ सापकोटा, कोषाध्यक्षमा नरहरि कँडेल, सहसचिवमा सोमराज तामाङ्ग रहनुभएको छ ।
पुरानो कमिटीलाई भिघटन गरि नयाँ कमिटी गठन गरिएको हो । महिला संगठन तर्फ धनमाया कुमालको अध्यक्षतामा १६ कार्यसमिती चयन गरिएको छ । उपाध्यक्षमा पूर्णकला न्यौपाने, सरिता राना मगर, सचिवमा यमकुमारी कुमाल, सहसचिवमा अस्मीता पौडेल सुवेदी, कोषाध्यक्षमा विमला कुमाल, सहकोषाध्यक्षमा संगिता कुमाल रहनुभएको छ । राप्रपा दलित संगठन तर्फ भगवती सुनारको अध्यक्षतामा वडा कमिटी गठन गरिएको छ । उपाध्यक्षमा डिलकुमारी सुनार न्यौपाने रहनुभएको छ ।
आदिवासी तथा जनजाति संगठनमा प्रेम बहादुर माझीको अध्यक्ष्ता रहेको छ । उपाध्यक्षमा भिम बहादुर कुमाल, कोषाध्यक्षमा कुस बहादुर कुमाल, सचिवमा सोम बहादुर कुमाल रहनुभएको छ । यस्तै भुपु सैनिक संगठनको अध्यक्ष भिम बहादुर थापा कुमाल रहनुभएको छ । उपाध्यक्षमा नेक बहादुर कुमाल, सचिवमा प्रेम माझी रहनुभएको छ । किसान संगठनको अध्यक्ष नरिश्वर न्युरे रहनुभएको छ । उपाध्यक्षमा टेक बहादुर बोगटी, सचिवमा बेल बहादुर कुमाल, कोषाध्यक्षमा पूर्ण कला न्यौपाने रहनुभएको छ ।
युवा संगठनको अध्यक्ष भिम बहादुर तामाङ्ग रहनुभएको छ । उपाध्यक्षमा राजु कँडेल, सचिवमा नरहरि कँडेल, कोषाध्यक्षमा खड्ग बहादुर कुमाल रहनुभएको छ । साथै नेकपाबाट ८ जना राप्रपा प्रवेश गरेका छन् । विरबहादुर कुमालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सांसद रिना गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । नवं संगठित कार्यसमितीलाई शुभकामना दिदै उहाँले क्रियाशिल भएर लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा राराप्रपा केन्द्रय सदस्य मिना न्यापाने, प्रदेश सदस्य युवा नेता ज्ञानजंग लामा, राप्रपा चितवनका अध्यक्ष रुद्र ढकाल, जिल्ला महिला संगठनकी अध्यक्ष गीता लम्साल, राप्रपा क्षेत्र नं. ३ का अध्यक्ष मदन पौडेल, भरतपुर नगर अध्यक्ष दिपक थापा मगर, भरतपुर २७ का वडा कमिटी अध्यक्ष पिताम्बर अरियाल, लगायतको उपस्थिति रहेको थियो ।
उहाँहरुले कार्यकर्ता तथा राप्रपा प्रति आस्था राख्नेलाई विचल्लीत हुन नदिन जिल्ला र केन्द्रले ध्यान दिन आग्रह गर्नुभयो । राप्रपाले नै देश र जनताको मुहार फेर्नेमा उहाँहरुको जोड थियो ।








