चितवन । मौसम प्रतिकुल हुँदा आज भरतपुर विमानस्थलका सबै उडान रद्ध गरिएका छन् । भरतपुर विमानस्थलका सूचना अधिकारी अरुणकुमार आचार्यका अनुसार मौसम खुल्न नसकेर भिजिबिलिटी कम हुँदा उडान रद्ध गरिएको हो ।
‘भिजिबिलिटी ५०० मिटर मात्र भएकाले आजका सबै उडान रद्ध गरिएको हो’ सूचना अधिकारी आचार्यले जनाकारी दिए । बिहानदेखि उडानको प्रतिक्षामा रहेका यात्रु घर फर्केका छन् । आज भरतपुरमा घाम लाग्न नसक्दा दिनभर मौसम धुम्म छ ।
भरतपुर विमानस्थलका अनुसार तापक्रम १३ डिग्रीमा झरेको छ । भरतपुर विमानस्थलबाट पत्येक दिन बुद्ध एयरको पाँच र यती एयरका दुई जहाजले काठमाडौँ र पोखरा उडान भर्ने गरेका छन् ।








