चितवन । आफ्ना बुबा आमाको मृत्यु भएपछि छोरानै किरियामा वस्नु पर्छ भन्ने मान्याता छ । आफ्नै छोरा नभए काका,ठुलो बुवाका छोराले क्रिया गर्दै आएको हाम्रो समाजको यथार्थ हो । तर पछिल्लो समय छोरीहरु पनि आफ्ना स्वर्गिय बुवा आमाको किरियामा वस्ने गरेको उदाहरण छन् । चितवन खैरहनी १० वडगाँउ घर भएकी महिला अधिकारकर्मी सुकमाया भुजेल आफ्नी आमाको निधनपछि अहिले क्रियामा छिन् । उनको आमा पुलती घर्तीको ९१ वर्षको उमेरमा पुष २० गते निधन भएको थियो ।
आमाको निधनपछि उनी दाईसंगै सेतो कपडा लगाएर काजक्रिया गरिहेकी छिन् । पुष १० गते जाडोको कारण घर अगाडी आँगनको छेउमा आगो ताप्ने क्रममा आगोले पोलेर उनकी आमा घाईते भएकी थिईन् । अस्पतालमा उपचार गरेपछि घर ल्याईएकोमा आमा पुतलीको २० गते निधन भयो । वुढेशकालको शरिर भएकाले पनि होला उपचारले निको हुने अवस्था रहेन । पछ्यौराबाट सल्किएको आगोले पुतलीको कम्मर भन्दा मुनी सवै जलेको थियो । म भित्र काम गर्दै थिए महिला अधिकारकर्मी सुकमाया भुजेलले भनिन् आमा वाहिर आगो ताप्दै हुनुहुन्थ्यो,दुई तिन मिनेटमै शरिरहको तल्लो भाग जल्दा आमा वेहोस हुनु भयो ।
घाईते भएकी आमा पुतलीलाई एक साता भन्दा वढि अस्पताल राखेर उपचार गरेपश्चात केही निको भएर घर ल्याईएकामा उनले सदाका लागि संसार छाडिन् । आमाको मृत्युपछि उनले आफुपनि किरियामा वस्ने अठोट लिईन् र वसिन पनि । छोरी मान्छे क्रियामा वस्न हुदैन भनेर उनलाई निकै दवाव परेको थियो । किरियामा वस्ने वेलाको समय सम्झदै सुकमाया भन्छिन् – समाजले छोरी क्रिया वस्न हुन्न भनेर दवाव दिएको थियो,तर मैले रुढीवादी सोच त्याग्न आफै क्रियामा वसे,पछि समाज पनि चुप लाग्यो ।
छोरी पनि छोरा जस्नै समान रहेको देखाउन पनि आफु सेतो कपडा लगाएर दाईसंगै किरियामा बसेको उनले सुनाईन् । अझै पनि छोरानै चाहिन्छ भन्ने सोच हट्न सकेको छैन् स्वयमसेविका समेत रहेकी सुकमायाले भनिन्–रुढीवादी र पितृसतात्मक सोच त्याग्न जरुरी छ । सुकमाया स्थानीय उषा किरण वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष,नेपाल रेडक्रस सोसाईटी कठार उपशाखा उपाध्यक्ष समेत हुन् ।
सुकमायाकी वहिनी भने ठाडो किरियामा वसेकी छिन् । खैरहनी नगरपालिका कार्यपालिका सदस्य गोमादेवी भुजेल छोरा सरह छोरीको पनि अधिकार र कर्तव्य हुने भन्दै छोरीले किरियानै गर्न हुन्न भन्ने नरहेको वताउँछिन् ।किरियामा वस्न नहुने भन्ने कतै नरहेको भन्दै कार्यपालिका सदस्य भुजेलले समाजका अन्धविश्वास,रुढीवादी,पितृसतात्मक सोच विस्तारै हटाउँदै लैजानु पर्ने वताईन् ।








