नवलपुर । पूर्वी नवलपरासीमा यसवर्ष ४६ प्रजातीका चरा देखा परेका छन ।पुस २८ गते जिल्लाको नदि क्षेत्रमा गरिएको चरा गणनामा यस वर्ष ४६ प्रजातीका चरा देखा परेका हुन । जसमध्ये यस वर्ष लालठुडे हास, पानी चाह, चित्राङग, कैलो टाउके हास र माल चरी गरी ५ प्रजातीका नया चरा देखा परेको पश्चिम सेक्टर चितवन राष्ट्रिय निकुञ्जका पंक्षी गणना संयोजक डिबि चौधरीले जानकारी दिनुभयो ।
त्यस्तै यसवर्ष जलेवा चराको सख्यामा वृद्धि भएको छ । यो वर्ष जलेवा चरा २ हजार ८ सय १७ भेटिएका छन जुन गत वर्षको भन्दा २ हजार ६ सय ८९ सख्याले बढि हो । त्यस्तै यस वर्ष सख्या वृद्धि हुने चरामा पानी गौथली र नेपाली हरिहास रहेका छन । पानी गैथली गतवर्षको तुलनामा यस वर्ष एक हजार ६ सय १४ ले र नेपाली हरिहास ८७ सख्यामा वृद्धि भएको छ ।
यसवर्ष चखेवाको सख्या घटेको पक्षी गणना पश्चिम सेक्टर चितवन राष्ट्रिय निकुञ्जका संयोजक चौधरीले बताउनुभयो । यसवर्ष ५ हजार ५ सय ७६ भेटिएको चखेवा गतवर्ष ६ हजार ३ सय १२ देखापरेको थियो । चरा गणनाको लागि जिल्लाको गैडाकोट सिख्रौलीदेखि त्रिवेणीसम्म चरा रहेका क्षेत्रलाई ३ भागमा बाडेर गणना गरिदै आईएको छ । चरा गणकहरुको समुहले जलपक्षीहरुलाई टेलिस्कोप र वाइनाकुलर सहायताले गणना गर्ने गर्दछन ।
चितवन राष्ट्रिय निकुञ्ज, जटायु रेष्टुरेण्ट व्यवस्थापन समिती, सिबिएपियु, अप्याक्क लामिचौर मध्यवर्ती उपभोत्ता समिति लगायत संरक्षणकर्मी र सरोकारवालाको उपस्थितिमा चरा गणना गरिदै आएको छ ।
जलपंक्षीको वासस्थानमा नदिजन्य पर्दाथको उत्खखन र नदिआसपासमा बन्ने उद्योग र फ्याक्टी सहित प्रदुषित नदिले चराको वासस्थान संकटमा पर्ने अवस्था सिर्जना भएको गणनामा सहभागि संरक्षणकर्मी विष्णु अधिकारीको भनाइ छ ।
विश्वमा सन १९६७ देखि चरा गणना शुरु भएको हो । जलपक्षीको सख्या,बासस्थानको अवस्था, वासस्थानमा समस्या छ, छैन, चराको गतिविधि वुझ्न र संरक्षणको लागि के गर्न सकिन्छ भन्ने विषयमा हरेक वर्ष चरा गणना गरिदै आएको छ ।








