• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कृषि तथा वन विज्ञान विश्वविद्यालय : राजनीतिक भागबण्डाले अस्तव्यस्त

  •   सोमबार, माघ ०५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राजनीतिक दल निकटका प्राज्ञिक समूहको पदको होडबाजीका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त बनेको छ । एक महिनाअघिदेखि विश्वविद्यालयका केन्द्रीय कार्यालयमा विभिन्न समूहको तालाबन्दी छ । विश्वविद्यालमा महत्वपूर्ण पद आफू र आफ्नो समूहलाई हात पार्ने नाउँमा विश्वविद्यालयलाई बन्दक वनाइएको हो । विश्वविद्यालयमा प्रजातन्त्रवादी प्रध्यापक सङ्घ, प्रगतिशील प्राध्यापक सङ्गठन र ज्यालादारी कर्मचारीले छुट्टाछुट्टै ताला लगाएका छन् ।

    प्रगतिशील प्राध्यापक सङ्गठनले रजिष्ट्रार नियुक्ति अघि भएका डिनको नियुक्ति खारेजको माग गदै तालाबन्दी गरेको हो भने सङ्घले राजनीतिक आस्थाका आधारमा पदाधिकारी छनोट भएको जनाउँदै नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाएको हो । सङ्घले निष्पक्ष पदाधिकारी नियुक्तिको माग गर्दै केन्द्रीय कार्यालयमा ताला लगाएको हो । कर्मचारीले आफूहरुलाई स्थायी गर्नुपर्ने मागगर्दै तालाबन्दी गरेका हुन् ।

    विश्वविद्यालयमा राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी नियुक्ति गरिँदै आएको छ । उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीले विश्वविद्यालयको समस्या समाधान गर्न प्रयास भैराखेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी वार्ता र सहमतिबाट समस्याको निकास निकाल्न भने लागिरहेका छौँ ।” विश्वविद्यालयमा उपकुलपति रिक्त भएको एक वर्षपछि उहाँ नियुक्त हुनुभएको हो ।

    उहाँले डिन नियुक्त गरेर रजिष्टारको सिफारीश गर्नुभएको थियो । विश्वविद्यालयमा योजना, पाठ्यक्रम विकास, जैविक प्रविधि, विद्यार्थी कल्याण निर्देशनालय, फार्म, भेटेनरी शिक्षण अस्पताल, निरन्तर शिक्षा केन्द्र, स्नातकोत्तर निर्देशनालयको निर्देशक, परीक्षा नियन्त्रक र तीन सङ्कायका पाँच जना सहायक डीन रिक्त रहेको छ ।

    अगामी फागुन महिनाबाट अनुसन्धान तथा प्रसार निर्देशनालयका उप निर्देशक र परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक खाली हुँदैछ । परीक्षा नियन्त्रक र स्नातकोत्तर निर्देशनालयका निर्देशक डीनसरहको पद हो भने अन्य सहायक डीन सरह हो । तीनै पद प्राप्तिका लागि प्रध्यापक र कर्मचारीले विभिन्न ढङ्गबाट आन्दोलन गरेको उपकुलपति प्रा डा रेग्मीको बुझाइ छ ।

    विश्वविद्यालयमा तालाबन्दी र अस्तव्यस्तता बढ्नुको पछाडि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद मुख्य रहेको त्यहाँ कार्यरत प्रध्यापक बताउँछन् । हाल विश्वविद्यालयमा प्रगतिशील प्रध्यापक सङ्गठन निकट रजिष्टार, सेवा आयोग अध्यक्ष र भेटेनरी डीन, नेपाल राष्ट्रिय प्रध्यापक सङ्गठन निकटका उपकुलपति र कृषिका डीन, प्रजातन्त्रवादी प्रध्यापक सङ्घ निकटका वन सङ्कायका डीन र अनुसन्धान तथा प्रसार निर्देशक रहेका छन् ।

    तालाबन्दीका कारण विश्वविद्यालयको प्रशासनिक, आर्थिक गतिविधि ठप्प भएको छ । शैक्षिक कार्यक्रमसमेत प्रभावित भएको छ । समयानुकूल परीक्षा हुन सकेको छैन । विश्वविद्यालयको सभा बस्न नसक्दा बजेट पारित हुन सकेको छैन । विनास्वीकृत आर्थिक गतिविधि सञ्चालन भइरहेको छ । विकास निर्माण र पूँजीगत खर्च रोकिएको विश्वविद्यालयले जनाएको छ । शिक्षण, अनुसन्धान र प्रसारको उद्देश्यका साथ विश्वविद्यालय स्थापना गरिएको हो ।

    विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरेले पदाधिकारी जिम्मेवार नबन्दा र सरकारले ध्यान नपु¥याउँदा विश्वविद्यालय धरासाही बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस्तै अवस्था हो भने विश्वविद्यालय विघटनतर्फ जान्छ ।” सरकारसँग निकट रहेका प्राध्यापकको अधिनमा विश्वविद्यालय रहेको र उनीहरुकै बीचको लडाइँले अस्तव्यस्त बन्दै गएको उहाँको बुझाइ छ ।(रासस)

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.