चितवन । भरतपुर महानगरपालिका ११ स्थित सामना टोल उत्तरपुर्व मार्ग सडक कालोपत्रे भएको छ । हिजो (सोमबार_ एक समारोह आयोजना गरी भरतपुर महानगरपालिका ११ का वडाध्यक्ष बाबुराम अधिकारीले सडकको उद्घाटन गर्नुभयो । समितीका सचिव सुर्यप्रसाद लम्सालका अनुसार वडास्तरिय बजेट ८ लाख र जनसहभागिताबाट १२ लाख गरी कुल २० लाख रुपैयाको लागतमा ३ सय २५ मिटर लामो सडक कालोपत्रे गरीएको हो । नवनिर्मीत कालोपत्रे सडकबाट १ सय ७५ घरधुरी लाभान्वीत हुने भएका छन् ।
वडाध्यक्ष अधिकारीले कालोपत्रे सडक निर्माणमा सक्रिय रुपमा लागि पर्ने सम्पुर्ण कार्यसमिती तथा उपभोक्ताहरुको खुलेर प्रशंसा गर्नुभयो । साथै आगामी दिनमा टोलमा आबश्यक हरेक बिकास निर्माणमा आफुले सहजिकरण गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ । सामना टोल बिकास सस्थाका अध्यक्ष गोकर्ण बहादुर कार्कीले पनि कार्यक्रम सम्बोधन गर्दै टोलमा सडक कालोपत्रे भएपनि बर्षातको समयमा डुवानको समस्या रहेकोले नाला ब्यबस्थापनमा पहल गर्न वडाध्यक्ष अधिकारीलाई आग्रह गर्नुभयो ।
सोही अबसरमा बोल्दै कार्यसमिती सदस्य गंगा पन्तले स्थानियहरुले अधिकाँस सडक ब्यक्तिगत लगानीमा कालोपत्रे गरेको बताउदै आगामी दिनमा सडक मर्मत र स्तरोन्तति गर्नेकार्यमा वडाको सहयोग आबश्यक रहेको औल्याउनुभयो । सोही अबसरमा कालोपत्रे निर्माण कार्यसमितीका अध्यक्ष तथा कार्यक्रमका सभापति नैनकाजि श्रेष्ठले जुनसुकै परिस्थीतीमा पनि निर्माण कार्यमा सक्रिय सम्पुर्ण कार्यसमितीका पदाधिकारीहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
हरिप्रसाद पौडेलले आर्थिक बिवरण प्रस्तुत गर्नुभएको कार्यक्रम तिलक पौडेलको सहजिकरणमा सम्पन्न भएको थियो ।








