चितवन । संसद विघटनविरुद्ध नेपाली कांग्रेसले चरणबद्ध आन्दोलन गरिरहेको छ । नेपाली कांग्रेस चितवनले पनि केपी ओली नेतृत्वको सरकार विरुद्धको प्रदर्शनका लागि सबै वडाहरुमा प्रदर्शनको तयारी थाली सकेको छ । माघ ८ गते भोली हुने वडास्तरीय प्रदर्शनका लागि साविक चित्रवन नगरलापीकामा पनि वडास्तरीय प्रदर्शनका लागि तयारीहरु तिब्र पारिन थालीएको भरतपुर महानगरपालीका नेपाली कांग्रेसको उप संम्योजक शालीक राम पौडेलले जानकारी गराउनु भएको छ ।
भरतपुर महानगरपालिका वडा न.१८ ले आफ्रनो प्रर्दशन स्थल गुन्जनगर मा।वि अगाडी (गुन्जनगर चोक) लाइ तोकेको छ । प्रदर्शन पछि हुने सभामा ध्रुब पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । वडा न।१७ को प्रर्दशन स्थल शारदनगर चोक रहेको छ भने कार्यक्रमलाइ तोप मा सिंह गुरुगले सम्बोधन गदैै हुनु हुन्छ । यता भरतपुर २० को कार्यक्रमलाइ भरत गुरुगले सम्बोधन गदैै हुनु हुन्छ भने प्रदर्शन स्थल नया बजार चोकलाइ तोकीएको छ ।
भरतपुर २६ को कार्यक्रमलाइ सुर्य कान्त घिमिरेले सम्बोधन गर्न लाग्नु भएको छ भने कार्यक्रम वडा कार्यलय बाट ज्योती नगर बजार सम्म गरिने भएको छ ।भरतपुर २७ को विरोध सभालाइ तेलौली चोकमा दल बहादुर गुरुगले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने यता भरतपुर २८ को कार्यक्रम जितपुर बजारमा गरिन लागीएको छ र कार्यक्रमलाइ माया राम चौधरीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।मंगलबार बसेको जिल्ला कार्यसमिति बैठकले चितवनमा ९८ वडाका लागि ९८ जना प्रतिनिधि समेत तोकि सकेको छ ।
सबै वडालाई संसद विघटन जस्तो असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध हुने प्रदर्शनको तयारीमा जुट्न उप संम्योजक पौडेलले अपिलसमेत गर्नु भएको छ ।








