चितवन । राप्ती नगरपालिका वडा नं २ का गर्भवती तथा सुत्केरी हरुका लागि पोषण भत्ता वितरण गरिएको छ । बिहिबार एक कार्यक्रमका बीच ३७ जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई भत्ता वितरण गरिएको हो । वडाको गर्भवती तथा सुत्केरी आमा पोषण कार्यक्रम अन्तर्गत भत्ता वितरण गरिएको वडाका अध्यक्ष श्यामसुन्दर उप्रेतीले जानकारी दिए ।
कार्यक्रममा उप्रेतीसहित वडा सचिब सुभास कुवर, कर्मचारी ललिता तिमल्सिना , शिव शिलवाल , युबा ब्यक्तीत्व निर्देशन त्रिपाठी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम वडा सचिव कुवँरले सन्चालन गरेका थिए ।
वडाले यसै आर्थिक बर्षको असोजमा ४३ जनालाई र हाल ३७ जना गर्भवती लाई वितरण भत्ता वितरण गरिएको








