हेटौँडा । ईलाका प्रहरी कार्यालय पशुपतिनगर (हेटौँडा)ले,हेटौँडा-१६ मा ३ बिगाहामा लगाइएको लागुऔषध गाँजा खेती नष्ट गरेको छ। ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरिक्षक देवराज काफलेको कमाण्डमा खटि गएको २० जनाको संयुक्त प्रहरी टोलीले हेटौँडा-१६ आकाशधारा,पानीसेरा भोगटे,शक्तिखोला लगायतको स्थानमा अवैधरुपमा करिब ३ बिगाह क्षेत्रफलमा लगाइएको गाँजा खेती फँडानी गर्नुका साथै फडानी गरेको गाँजा जलाएर नष्ट गरेको हो।मकवानपुर प्रहरीले यस अघि राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न स्थानमा लगाएको गाँजा खेती नष्ट गरेको थियो।








