चितवन । कृषि गणनाका लागि तथ्यांक कार्यालय चितवनले तयारी सुरु गरेको छ । चितवनका प्रमुख तथ्यांक अधिकृत यज्ञमूर्ति भण्डारीले कृषि गणनालाई सहज बनाउन पाइलट गणनाका लागि २ जना खटिएको बताए । उनले पाइलट कृषि गणना पुस २५ गतेदेखि भैरहेको र माघ २५ गतेसम्म पाइलट गणना हुने जानकारी दिए । भरतपुरको २५ र राप्तीको ६ नम्बर वडामा पाइलट गणना जारी रहेको प्रमुख तथ्यांक अधिकृत भण्डारीले जानकारी दिए।
उनले तराई र पहाडमा आगामी २०७८ पुसदेखि र हिमाली क्षेत्रमा २०७९ वैशाखदेखि तीन महिना राष्ट्रिय कृषि गणना हुने बताए । उनले कागजी प्रश्नावली र ट्यावलेट बेस गरि २ तरिकाबाट तथ्यांक संकलन गरिने जनाए । उनका अनुसार देशभरबाट ३ लाख ५० हजार कृषक परिवारबाट प्रत्यक्ष अन्तरवार्ता गरी तथ्यांक संकलन गरिने छ भने करिव २५ लाख कृषक परिवारको सूचिकरण हुने छ ।
हरेक स्थानीय तह अनुसारको कृषि सम्बन्धि विवरण उपलब्ध गराइने उनले बताए । त्यस्तै प्रमुख जिल्ला अधिकारीको संयोकत्वमा जिल्ला कृषि गणना समन्वय समिति गठन भएलगत्तै कामलाई तीव्रता दिइनेछ । कृषि विमा, सरकारी अनुदान, जलवायु परिवर्तनले पारेको प्रभाव, विषादीको प्रकार, कृषि वनको अभयास, सरकराी सेवामा कृषकको पहुँच लगायका सूचनाहरु संकलन हुने अपेक्षा लिइएको छ ।








