चितवन । पुर्वीचितवनमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन । आज साँझ चितवनको राप्ती नगरपालिका १ पिप्ले स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ६ ख ६२८६ नम्वरको ट्रकले सोही दिशाबाट आइरहेको प्रदेश नं.२–०२–००१ प ५१०४ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट गम्भिर घाइते भएका मोटरसाइकल चालक महोत्तरी मनरा सिसुवा नगरपालिका ९ का ३२ बर्षिय आनन्द झा को भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते मोटरसाइकलमा पछाडी सवार धनुषा जनकनन्दनी गाउँपालिका ४ बस्ने बर्ष २२ की स्वयता झाको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। उनका अनुसार ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।








