चितवन । स्थानीय तह र नागरिक समाजबिच समन्वयका साथ अगि बढ्नुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । आज नारायणगढमा आयोजित एक संवाद कार्यक्रममा बोल्ने वक्ताहरूले नागरिक समाजको सहकार्य बिना बिकास निर्माण र कानुन कार्नयनमा समस्या हुने बताए । उनिहरुले सामाजिक संघसंस्था र नागरिक समाजलाइ राज्यले प्रोत्साहन गर्न नसकेको बताए ।
प्रतिष्ठानका स्रोत व्यक्ति कविता अधिकारीले सरकारले नियमनमा चासो दिएपनि समन्वय तथा सहकार्यमा वेवास्ता गरेको बताईन् । प्रतिष्ठानका जिल्ला संयोजक बन्धुराज पौडेलले बिषयबस्तु माथि पष्ठ पारेका थिए। उनले कार्यक्रममा तीनै तहका सरकारले समन्वय गर्न नसकेको दुखेसो पोखेका थिए ।
त्यस्तै कार्यक्रममा गैर सहकारी सघका सुरेश कुमार अधिकारीले सरकारले नागरिकको सहकार्यमा कार्यक्रम गराउन आवस्यक रहेको बताए । उनले नागरिक समाजसंग बजेट बिनियोजनमा सहकार्य गर्नु आवस्यक रहेको बताए । सरकार उतरदाही बनुपर्ने देखिएको बताए।
कार्यक्रममा बागमती प्रदेशका सांसद मिलनबाबु श्रेष्ठ युथ क्लब नारायणगढका अध्यक्ष रामबाबु श्रेष्ठ, भ्रष्टाचार विरोधी अभियान्ता भीमबहादुर श्रेष्ठ लगायतको उपस्थित रहेको थियो भने महेन्द्र लम्सालले स्वागत मन्तव्य राखेको थिए। प्रतिष्ठानका सदस्य राजेन्द्र पियाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
नागरिक समाजलाइ राज्यले प्रोत्साहन गर्न सकेन : सरोकारवाला
नागरिक समाजलाइ राज्यले प्रोत्साहन गर्न सकेन : सरोकारवाला
- अ
- अ
- अ








