नवलपुर । कावासोती नगरपालिकाको विभिन्न स्थानमा मंगलबार विधुत अवरुद्ध हुने भएको छ । प्रगतिनगर फिडर अन्तर्गत पर्ने कावासोती नगरपालिकाको वडा नं ८ को फलफुल चोक, निउरे चोक र धौलागिरी चोक क्षेत्र, वडा नं ७ को साँढ, टरुवा र बद्रुवा क्षेत्र, वडा नं १० को मगरकोट, रतवल , चिलाहा क्षेत्र र वडा नं १३ को कुश्नहरी , लौखानी र खरकट्टा क्षेत्रमा मंगलबार बिहान ८ बजे देखी १२ बजे सम्म विधुत अवरुद्ध हुने नेपाल विधुत प्राधिकरणको कावासोती शाखाले जनाएको छ । कावासोती ८ को धौलागिरी चोकमा विधुत लाईन ममर्त गर्नु पर्ने भएकाले विधुत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।








