• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

स्थायी बन्ध्याकरणमा पुरुषले देखाएनन् रुचि

  •   मङ्गलबार, माघ २०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को दक्षिणी क्षेत्रका पुरुषले परिवार नियोजनको स्थायी बन्ध्याकरणका लागि अनिच्छा देखाएका छन् । स्वास्थ्य कार्यालय परासीले जिल्लामा सञ्चालन गरिरहेको स्थायी बन्ध्याकरण शिविरमा बन्ध्याकरण गर्नेमा महिला मात्र देखिएका छन् ।

    यही माघ ५ गतेदेखि जिल्लाको विभिन्न स्थानीय तहमा सञ्चालन गरिएको बन्ध्याकरण शिविरमा अहिलेसम्म ४०० जनाले सेवा लिएकामा सबै महिला मात्रै रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद पोखरेलले राससलाई जानकारी दिए । जिल्लाको दक्षिणी क्षेत्रअन्तर्गतका सुस्ताको नर्सही स्वास्थ्यचौकी, प्रतापपुरको प्रतापुर स्वास्थ्यचौकी र जनगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्र, सरावलको भुजहवा स्वास्थ्यचौकी र पाल्हीनन्दन गाउँपालिकाको हरपुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा पुरुष नआएको उनले बताए ।

    “शिविरमा महिला र पुरुष दुबै आउनुपर्ने हो तर महिला मात्र आउनुभएको छ, यो विगतदेखिकै प्रचलन रहेछ, सजिलोको हिसाबले त महिलाभन्दा पुरुषको बन्ध्याकरण गर्न सहज हुन्छ”, उनले भने । पाल्हीनन्दन–३ प्रसियाकी लक्ष्मिना हरिजनले परिवार नियोजनका अन्य साधनभन्दा बन्ध्याकरण भरपर्दो भएकाले बन्ध्याकरण गर्न आएको बताइन् । तीस वर्षीय हरिजनका दुई छोरी र दुई छोरा छन् ।

    सन्तानको रहर पूरा भएकाले विदेशमा रहेका श्रीमान्सँग सल्लाह गरेर आफूले बन्ध्याकरण गरेको उनले बताइन् । प्रसियाकै गीतादेवी हरिजनले भने श्रीमान् कमाउनका लागि बाहिर हिँड्नुपर्ने र भविष्यमा भारी किसिमका काम गर्न नसक्ने भएकाले आफूले बन्ध्याकरण गरेको बताउँछिन् । “हामी महिला घरायसी काममा व्यस्त हुन्छौँ, बाहिरी काममा खासै जादैनौँ, श्रीमान्ले बाहिरी काम र कडा परिश्रम हुने काम गर्नुपर्ने हुन्छ, उहाँले बन्ध्याकरण गर्दा भविष्यमा कमजोरी हुन्छ, त्यसैले मैले नै बन्ध्याकरण गरेकी हुँ”, उनले भनिन् ।

    तीन सन्तानकी आमा गीतादेवीले तराईमा पुरुषले बन्ध्याकरण गर्न नमान्ने गरेको बताउँछिन्। पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ता (दीपक)ले कमजोरी हुने डरले पुरुषहरु स्थायी बन्ध्याकरण गर्न नमान्ने गरेको बताउँछन्। “तराईमा महिलाहरु घरायसी काममै व्यस्त हुने, बच्चाको स्याहारसुसार गर्नुपर्ने, दुःखपीडा पनि महिलाले नै धेरै भोग्ने भएकाले महिला बन्ध्याकरणमा आकर्षित भएका हुन्” उनले भने । स्थायी बन्ध्याकरण गर्दा कमजोरी हुने र भविष्यमा परिवारको जीविका चलाउन नै मुस्किल हुने हो की भन्ने भ्रम पुरुषमा रहेको देखिएको छ ।

    विगतदेखि नै व्याप्त यो धारणा भने गलत रहेको स्वास्थ्य कार्यालय प्रमुख पोखरेल बताउँछन् । ‘‘पुरुषले बन्ध्याकरण गराउँदा कमजोर भइन्छ, नपु्ङ्शकता, यौन दुर्वलता हुन्छ भन्ने भ्रम मात्रै हो, यसमा सत्यता छैन्, यसका लागि व्यापक जनचेतना जगाउनुपर्ने आवश्यकता देखिएको छ’’, उनले भने । पुरुषले वास्ता नगर्ने र महिलाको बन्ध्याकरण जोखिमपूर्ण हुने गरे पनि स्थायी बन्ध्याकरणमा महिला नै अग्रसर हुने गरेको पाइन्छ । पुरुषले गर्ने स्थायी बन्ध्याकरण भ्यासेक्टोमीभन्दा महिलाले गर्ने मिनील्याप धेरै गाह्रो र जोखिमपूर्ण छ ।

    पुरुषहरूले बन्ध्याकरण गर्न नमान्ने गरेको चिकित्सक बताउँछन् । स्वास्थ्य कार्यालयले यही माघ २८ गतेसम्म जिल्लाका सातै स्थानीय तहमा स्थायी बन्ध्याकरणको शिविर सञ्चालन हुने जनाएको छ । सन्तानको रहर पुगेका दम्पतीलाई बन्ध्याकरणमा सहभागी हुने कार्यालयले अनुरोध गरेको छ । बन्ध्याकरणमा ५०० जनाको लक्ष्य लिएकामा अहिले चार पालिकाबाट मात्रै ४०० बढीले सेवा लिएकाले लक्ष्यभन्दा बढीलाई सेवा दिनुपर्ने अवस्था आएको कार्यालयले जनाएको छ ।

    प्रदेश सरकारले प्रत्येक वर्ष नै नागरिकको घरदैलोमा पुगेर बन्ध्याकरण शिविर सञ्चालन गर्दै आएको छ । स्थायी बन्ध्याकरणको सेवा नेपाल सरकारले निःशुल्क प्रदान गर्दै आएको छ । शिविर सञ्चालन गर्दा उत्साहजनक उपस्थिति हुने गरेपछि पृथ्वीचन्द्र अस्पताल परासीबाट पनि दैनिकरुपमा बन्ध्याकरणको सेवा सञ्चालनको तयारी गरिएको छ ।

    लुम्बिनी प्रदेश सरकारले एक जना चिकित्सकसहित तीन जनाको दरबन्दी हुने गरी परिवार नियोजनको स्थायी बन्ध्याकरण सेवा सञ्चालन गर्न अस्पताललाई बजेट पठाएको र अब छिट्टै सेवा सञ्चालन गरिने स्वास्थ्य कार्यालय प्रमुख पोखरेलले जानकारी दिए । गर्भवती, पाठेघर खस्ने समस्या भएका, पहिले सघन शल्यक्रिया गरेका तथा ६० वर्ष माथिका महिलाले मिनील्याप गर्न नमिल्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

    बन्ध्याकरणमा आउने सेवाग्राहीलाई यातायातको सुविधाका साथै खाजा खर्चसमेत दिने गरिएको छ । स्थायी बन्ध्याकरणमा पुरुषलाई आकर्षित गर्न स्थानीय तहको अग्रसरतामा सचेतना सञ्चालन गर्न आवश्यक रहेको चिकित्सक बताउछन् ।

    कालीगण्डकी नदी कटानले नवलपरासी–तनहुँ जोड्ने सडक अवरुद्ध
    शितलहरले दाउन्ने सडक खण्ड अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
    आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.