• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

राधाको सपना “क्यान्सर सचेतना”

  •   बिहिबार, माघ २२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महिलाले आधा पृथ्वीको भार थेगेकी हुन्छे, महिलाको साहास र आत्मबल सायदै कमले देख्न र भोग्न पाउछन । रोग,भोक र शोकलाई पनि महिलाहरुले बाहिरबाट नदेखाई भित्रबाट बेदना सहेर घर,छिमेक र राष्ट्रलाई नै आफ्दो बेदना पोख्न चाहदैनन् वा अवसरले जुराइदिदैन । हो यस्तै रोग,भोक र शोकको पिडा सहेर अरुलाई सचेतना दिदै आएकी महिला राधा बस्यालको कथित कहानि र उनका अधुरा योजनाका विषयमा केहि लेख्ने प्रयास हो यो ।

    २०४८ साल फागुन ९ गते नवलपुरको कावासोती ४ मा जन्म लिएकी राधा बस्याललाई थाहा थिएन उनि यति चाडै संसारबाट विदा हुन्छु भन्ने । सानै देखि समस्यामा मिचिएका र पिल्सीएका महिलाहरुको आवाज बनेर न्याय र साथ दिन्छु भन्ने उनलाई थाहा थिएन एक दिन उनि नै यस्तै समस्यामा पर्छीन भन्ने । हो महिला मनमा नै गुम्सिएका कथित समस्या र तिनको हल गर्न चासो राख्ने राधालाई आफै माथि बर्ज प्रहार भयो । महिलाको आबाज बाहिर ल्याउन नै उनि एक संञ्चारकर्मीको रुपमा स्थापित भएकी थिइन । नवलपुरको कावासोतीमा रहेको रेडियो मध्यबिन्दुमा केबल महिलाको समस्याका आबाज ल्याउन खोज्ने उनै राधा एक दिन नपत्याउदो तरिकाले आफै समस्यामा परिन । संचारकर्मी का रुपमा काम गर्दै गर्दा उनी बिबाह बन्धनमा बाँधिईन विवाह पछि जिवनलाई सुखी बनाउन नपाउदै उन्ले कलिलै उमेर घरपक्षबाट दिएका समस्यालाई सिरोपर गर्न पर्यो । जीबन भर सधैं साथ दिने बाचा कबोल गरेका श्रीमान् नै मुख्य घातक भएर आउँछन् भनने सोच्नै नराखेकी राधा यस्तै यस्तै समस्याबाट सधैका लागि टाढा हुन पुगिन । मानसिक,्र शारिरीक यातना का कारण बिहे भएको एक बर्षमा नै उनी बे्रथ क्यानसरबाट थलिन पुगिन । करीब एक करोड खर्च गरेर उनको बुबा ,र माईतीले राधालाई क्यानसरको उपचार गराएर क्यान्सर मुक्त त बनाए तर उन्लाई त्यहि रोगले नै लगि छाड्यो । राधाका भाई प्रकाश बस्यालका अनुसार उनलाई अझै केहि समय बचाएर राख्न सकिन्थ्यो तर लामो समयको लकडाउनका कारण उनलाई आवस्यक पर्ने थप उपचार दिन भारत पुर्याउन नसक्दा हामिले राधालाई गुमाउन पुगेको बताउछन । “हामिले राधाका लागि गराइने परिक्षण पेट स्क्यान गराउन जानुपर्ने भए पनि लकडाउनका कारण हामिले परिक्षण गराउन पाएनौँ , शरिरमा के भइ रहेछ भन्ने कुरा जानकारी पाउन पाएको भए हामिले थप उपचार गर्न पाउने थियो”, राधाका भाई प्रकाश बस्यालले भने । राधा आफै आत्मबलले बाचेकी , उनको मृत्यु होला भन्ने कमैले सोचेका थिए तर दैवको लेखा कसरी टर्ला र ! राधाको मृत्यू सोच्दै नसोचेका उनका नजिकका मित्रहरुले पनि नसोचि नसोचि स्वीकार गर्नुबाहेक अरु विकल्प पाएनन् । राधाको नजिकको मित्र रहेकी कल्पना कुवँरले दुख्द कुरा अझै सुनाउछिन । उनि भन्छिन “सोच्दै नसोचेको कुरा एक्कासी आउदा काश नै खसेको जस्तो लाग्यो, मामा माइजु संग घुम्न दोलखा पुगेकी कल्पनालाई साथिको मृत्युको खबरले आफैलाई आफैलाई बिर्सनु की सम्मmनु बनायो । “राधाको मृत्यू हुने दिन म दोलखा थिए । करिव दिउसो ३ बजे प्रेम न्यौपाने दाईले फोन गर्नुभयो उहाले एक छिन राधाको घरमा निस्कनुपर्ने भो भन्नुभयो, म झस्कीए ! अनि मइले हतारहतार सोथि हाले के थियो भो दाई , प्रेम दाईले उत्तर नदिइ फोन राख्नुभयो । त्यस लगतै मलाई कमल रानामगर दिदिले फोन गर्नुभयो अब चाहि मलाई शंका लाग्यो कमला दिदि संग गुरा गरेपछि मइले साथि मिना कंडेललाई फोन गरे अनि मिनाले नसोचेको कुरा सुनाइन । नजिक रहेका खगराज सापकोटा दाईले राधाको अवस्था खराब भयो उसको बैतढी गर्न लागेका छन त्यस लगतै राती करिव ८ बजे राधा नरहेको कुरा थहा भयो ” राधाकी साथि कल्पनाले भनिन् । राधाको निधनको खबरले केबल कल्पनालाई मात्र होइन उन्का नजिकका सबै साथिहरुलाई मर्माहत तुल्यायो । क्यानसर बाट थलिए पनि राधा आफनो पत्रकारितामा लागि रहीन ,उनको पत्रकारित गर्ने ईच्छा कहिल्यै मरेन । पत्रकारिता संग संगैं राधाले “राधा क्यान्सर सचेतना फाउण्डेशन” संस्था खोलेर क्यानसर बिरुद्धको सचेतनामा दिनरात लागेकी राधाले अन्तत “राधा क्यान्सर सचेतना फाउण्डेशन” को जिम्मा आफ्नो भाइलाई दिइन र विदा भईन । हो अहिले राधाले देखेको सपना क्यान्सर पिडामा रहेकाहरुलाई साथ र भरोसा अहिले उनै भाइ प्रकाश बस्यालले यो फाउण्डेशन मार्फत क्यान्सरबाट पिडित बनेकाहरुलाई थप उर्जा दिन अभियान थाल्ने प्रयास गर्दे छन । क्यानसर सचेतना फाउण्डेशनमा राधालाई जिल्लाका संचारकर्मीहिरुले सहयोग गरेका थिए । राधा बस्याल गाउँमा टोलमा ,समूहमा ,बिद्यालयका बालिका हरु,कलेजका छात्राहरु सबैलाई फरक फरक ढंगले जुटाएर क्यानसरको बारेमा सचेतना कार्यक्रम गर्दै अभियान संचालन गरे अनुसार नै उनका भाई प्रकाशले यो अभियानलाई निरन्तरता दिन लागेका छन ।

    राधा क्यानसर सचेतना फाउण्डेशनले जिल्लामा चार हजार बढि महिला,किशोरी,बालिका लाई क्यानसरको बारेमा सचेतनाका कार्यक्रम संचालन गरिसकेको छ । राधा क्यान्सर सचेतना फाउण्डेसननंले समाजमा क्यानसरको बारेमा सचेतनाका कार्यक्रम संचालन गर्र्नु महिलाहरुमा रोग लुकाउनु हुन्न भन्ने भावानको बिकास भएको र यो निरन्तरता दिनु मुख्य आवस्यकता सम्झिएर भाई प्रकाशले फाउण्डेसनको बाँकि काम अगाढि बढाएका छन । क्यान्सर पिडित जसको घरमा आर्थिक अभाब छ जो आफुलाई क्यान्सर लागेको थाहा छ तर उपचार गर्न सकिरहेको छैन त्यस्ता क्यान्सर पिडित हरुको लागि अगाडि बढेर उपचार गर्न विशेष भुमिका निर्वाह गर्न राधा क्यान्सर सचेतना फाउण्डेसन स्थापना गरिएको फाउण्डेशन हो । २०७७ कात्तिक १४ गते निधन भए पछि फाउण्डेशनको अध्यक्ष प्रकाश बस्याल भएका छन । पत्रकार राधा बस्यालले आफ्नो जन्मदिनका अवसरमा नवलपुरको कावासोतीमा क्यान्सर सचेतना कार्यक्रम गरेकी थिइन ।

    यस्तै गरि उनका भाईले पनि फाउण्डेशनलाई संञ्चालन गर्न ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार’ वितरण गर्ने घोषणा गरेको छ । फाउन्डेशनका अध्यक्ष प्रकाश बस्यालले पत्रकार सम्मान नै गरेर परिवारको तर्फबाट दुई लाख रुपैँयाको अक्षकोष स्थापना गरिएको र उक्त अक्षकोषबाट उपलब्ध हुने रकमबाट प्रतेक वर्ष नगद २० हजार राशीको पुरस्कार वितरण गरिने अध्यक्ष बस्यालले जानकारी दिनुभयो । उक्त पुरस्कार दिवङ्गत पत्रकार राधा बस्यालको जन्म जयन्तीको दिन हरेक वर्षको फागुन ९ गते नवलपुरबाटै वितरण गरिने छ ।

    रोग र पारिवारीक कष्टको बिचमा पनि राधाले देखाएको आत्मबल प्रत्येक महिलामा हुन आवस्यक छ ।

     

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.