• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

प्रधानमन्त्री ओली कम्युनिस्ट व्यवस्था विरोधी हुन्: हरिबोल गजुरेल

  •   शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट व्यवस्था विरोधी भएको बताएका छन् । चितवनका पुराना वामपन्थी नेता खम्बसिंह कुंवर (काजीबा) को स्मृतिमा शुक्रबार आयोजित श्रद्धाञ्जली सभामा बोल्दै गजुरेलले सो कुरा बताएका हुन् ।

    उनले संसद विघटनको गैरसंबैधानिक कदम कम्युनिस्ट व्यवस्था सिध्याउने श्रृखलाको सूरूवात भएकोे बताएका छन् । ‘केपी ओलीले व्यवस्था सिध्याउन प्रतिगामी शक्तिहरूसंग आत्मसमर्पण गरेका छन्’ उनले भने ‘ओली प्रवृत्तिले देशलाई भड्खालोमा हाल्ने र प्रतिगामीहरूले चालेको डिजाइनको गोटी सिड्गो जनमत र कम्यूनिष्ट पार्टीलाइ सिध्याउने हो ।’

    गजुरेलले ओलीको खोक्रो राष्ट्रवाद लम्पसारवादमा परिणत भएको भन्दै केपी ओली कम्युनिस्ट आन्दोलनको गद्दार भएको समेत आरोप लगाए । ‘परिवर्तनलाई स्थापित गर्न र व्यवस्था कायम राख्न हामी सबै रूपान्तरित हुदै एकताबद्ध ढंगले आन्दोलनलाई अगाडी बढाउनुपर्छ’ उनले थपे ‘सिङ्गो देश असंबैधानिक कदमको विपक्षमा रहेको छ संसद पुनस्र्थापना भएरै छोड्नेछ ।’

    स्वर्गीय काजीबाले एकीकृत कम्यूनिष्ट पार्टीको सपना छाडेर गएको भन्दै उनले रूपान्तरित र एकीकृत कम्युनिस्ट पार्टी निर्माण गरेर अगाडी बढ्नु नै काजीबाप्रति सच्चा सम्मान हुने बताए । श्रद्धाञ्जली सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेश कमिटीका सदस्य तथा चितवनका सचिव कृष्णभक्त पोख्रेलले कम्युनिस्ट आन्दोलन, चितवनको पार्टी निर्माण र कम्युनिस्ट जनमत निर्माणमा स्वर्गीय कुंवरको महत्वपूर्ण योगदान रहेको भन्दै उनको योगदानलाई पार्टीले सधैं सम्झिरहने बताए ।

    पोख्रेलले प्रधानमन्त्री केपी ओलीले जनताको प्रतिनिधी संस्था संसद विघटन गरेर प्रतिगमनको बाटोमा हिंडेको भन्दै यस कदमले आम कम्युनिस्ट नेता, कार्यकर्ता र सिङ्गो देशलाई नै मर्माहत बनाएको उल्लेख गरे । उनले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले पुनस्र्थापनाको पक्षमा फैसला गर्नुको कुनै विकल्प नभएको बताउदै चुनाब चिह्न पार्टीको बहुमत पक्षले पाउने समेत बताए ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डम्बर पुरी, नेकपा नेता तथा बागमती प्रदेश सांसद घनश्याम दाहाल (अबिनास), आशा अस्पतालका सञ्चालक नारायण सिंह कुंवर लगायतले स्वर्गीय खम्बसिंह कुंवर (काजीबा) ले नेपाली कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
    ९४ वर्षको उमेरमा निधन भएका खम्बसिह कुवर (काजीबा) को स्मृतिमा शुक्रबार कुंवर निवास केसरबागमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) चितवनले श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रमको अध्यक्षता पार्टी अध्यक्ष यमबहादुर परियारले गरेका थिए ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.