इच्छाकामना । इच्छाकामना गाउँपालिकामा वडा नं ३ मा रहेको आधारभूत विद्यालय आलडाँडामा अध्यनरत विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री सहयोग गरिएको छ । सिर्जनशिल महिला जागरण केन्द्रकी उपाध्यक्ष शोभा बानियाका भाई हरि पन्तको संस्था एलिन एण्ड हरि फन्टको आर्थिक सहयोगमा ८७ जना विद्यार्थीहरुलाई स्विटर,चप्पल र शैक्षिक सामाग्री सहयोग गरिएको हो ।
संस्थाकी अध्यक्ष सावित्री पुडासैनीको अध्यक्षतमा भएको कार्यक्रमका प्रमुख अथिति हरि पन्त रहेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य विष्णु कुँवर आधारभूत विद्यालय माझगाउँका प्रधानाध्यापक कमल गुरुङ,पाम्डाँडा विद्यालयमा प्रधानाध्यापक यान बहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।
स्थाकी सदस्य टीक पौडेलले सञ्चालन गरको सो कार्यक्रममा विद्यालयका अध्यक्ष दुर्गा बहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए । सामाजिक क्षेत्रमा क्रियाशिल सिर्जनशिल महिला जागरण केन्द्रले शिक्षा,स्वास्थ्य लगायत महिला तथा वालवालिकाको क्षेत्रमा काम गर्दै आएको संस्थाकी अध्यक्ष पुडासैनीले जानकारी दिइन ।








