चितवन । भरतपुरमा युवाहरुले भागीरथी भट्टको न्यायका लागि दिप प्रज्वलन गरेका छन् । मङ्गलवार साँझ भरतपुरको चौबिसकोटीमा भागीरथी भट्टलाई न्याय दिन सरकारलाई खबरदारी गर्दै दिप प्रज्वलन गरेका हुन् ।
भागीरथी माथि सम्मानजनक ढङ्गले न्याय दिलाउनका लागि सरकारलाई खबरदारी स्वरुप दिप प्रज्वलन गरिएको भाग्यश्वरी गायकले बताइन् । उनले भनिन् , ‘बलात्कारजस्तो जघन्य घटनामा पनि राजनीतिले प्रश्रय पाउनु सरकारको लागि लाजमर्दो कुरो हो ।
यसमा भागीरथीले न्याय पाउनुपर्छ । ’दिप प्रज्वलनमा युवा विद्यार्थी, अभियानकर्मी, अधिकारकर्मी लगायतकाहरुको उपस्थिति रहेको थियो ।








