चितवन । चितवनका गुरुङ समुदायले भव्यताका साथ माङी पर्व मनाएका छन् । तमु प्ये ल्हु संघ चितवनको महिला समितीको आयोजनामा भरपुर १० स्थित आफ्नै भवनमा पुजा,छलफल तथा नाचगान गरि सो पर्व मनाइएको हो । गुरुङ समुदायले १२ महापूरुष र ७ कन्या माङी महिला मार्फत आफ्नो सृष्टि भएको मान्दछन । सोहि सृष्टिकर्ता ७ कन्या माङीलाई सम्झदै गुरुङ समुदायले यो पर्व मनाउदै आएका छन् ।
आज गुरुङहरुको मौलिक पुजा घर क्होइवोमा गई ७ कन्या माङीलाई सम्झदै गुरुङ समुदायको खेगी प्हच्यु क्ल्हेप्री गुरुहरुले जग बसाली दश ग्रह वेद वेदान्तरको पाठ पूजा प्रवचन गर्दै पितृहरुको नाममा बत्ति बाली विशेष पुजा गर्ने गरिन्छ । यो पर्व गुरुङहरुको सृष्टिकर्ता १२ महापुरुष र ७ कन्या माङीको भेट भएको दिन माघे औंसी पछिको परेवा तिथिको दिनमा पर्टछ ।
तमु प्ये ल्हु संघ चितवनको महिला समितिका महिला समितिका अध्यक्ष इन्द्रा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बागमति प्रदेश सांसद रिना गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले आफ्नो धर्म सँस्कृति जोगाउन आफै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टी गत सम्बन्धले आफ्नो धर्म सँस्कृतिमा आच आउन नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, हामी गुरुङ समुदायका भए पनि फरक फरक राजनीतिक संस्थामा आवध छौं । यसको असर गुरुङ समुदायमा नपरोस ।कार्यक्रममा गुरुङ समुदायका अग्रज व्यक्तिहरुको सहभागिता रहेको थियो ।








