चितवन । नेपाल पुस्तक ब्याबसायी संघ चितवन शाखाका सम्पुर्ण पुस्तक पसलहरु अर्को हप्ताबाट शनिबार बन्द हुने भएका छ्न। शनिबार भरतपुरमा बसेको बैठकमा भरतपुरका पुस्तक ब्याबसायिहरुले संघका अध्यक्ष उद्योग बिक्रम बानियालाई शनिबार भरतपुर बाहेक सबै पसलहरु बन्द गराउने भन्दै ज्ञापनपत्र बुजाएका थिए।
सबै सैक्षिक सस्थाहरु सनिवार नै बन्द हुने भएकोले सोहि दिन नै बन्द हुने ब्याबसायी संघका अध्यक्ष उद्योग बिक्रम बानियाले जानकारी दिए।उनले भने नारायगढ बजार क्षेत्र, हाकिम चोक,र पुर्बी चितवनमा सोमबार बन्द हुने र भरतपुरमा सनिवार बन्द गराउदा यसले असमानता निम्त्याएकोले सबैको समानताको लागि भए पनि ब्याबसायी संघले नै शनिबार बन्द गर्ने निर्णय गरेको बानियाले जानकारी दिए।
पुस्तक ब्याबसायी संघका निबर्तमान अध्यक्ष राजेन्द्र तिवारीले शनिबार नारायण गढ्का पसलहरु बन्द नहुने जानकारी दिएका छ्न।सोमबार बजार क्षेत्र सबै बन्द हुने र अरु दिन निकै चहलपहल हुने भएकाले शनिबार बन्द नहुने उल्लेख गरेका छ्न।स्कुल,कलेज तथा शैक्षिक क्षेत्र नजिकैका पसलहरु शनिबार बन्द रहने र अन्य बजार क्षेत्रका पसलहरु सोमबार बन्द गर्ने निर्णयलाई नमाने हाम्रो कुनै आपती नरहेको तिवारीले जानकारी दिए।








