चितवन । भरतपुर महानगरपालिका वडा नंं. १५ का १ सय जना राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् ।
राप्रपा भरतपुर १५ वडा कमिटी गठन कार्यक्रममा नेपाल कम्युनिष्ठ पार्टी र नेपाली कांग्रेस परित्याग गरि उहाँहरु राप्रपा प्रवेश गर्नुभएको हो । उहाँहरुलाई बागमति प्रदेश सांसद तथा राप्रपा केन्द्रीय सदस्य रिना गुरुङ्ग र राप्रपाका बागमति प्रदेश सदस्य ज्ञान जङ्ग लामाले दोशल्ला सहित अविर लगाई पार्टीमा स्वागत गर्नुभएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य विष्ण खरेल, चितवका अध्यक्ष रुद्र ढकाल राप्रपाका जिल्ला, उपाध्यक्ष चेतनाथ वाग्ले, जिवलाल पुरी, सचिव केशव भण्डारी, कोषाध्यक्ष, प्रेम गैरे, प्रवक्ता राजु भण्डारी, राप्रपा महिला जिल्ला अध्यक्ष गिता लम्साल लगायतको उपस्थितिमा पार्टी प्रवेश गराईएको हो । उहाँहरुले नवँ प्रवेशिलाई स्वागत गर्दै चुष्त दुरुष्त भएर पार्टीको काम गर्न र आफ्नो गाउँ छिमेकमा गर्नुपर्ने काम प्रति पार्टीको ध्यानाकर्षण गराउन आग्रह गर्नुभयो ।








