काठमार्डाैँ । स्पेनिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको मड्रिडले बराबरी खेलेको छ । गएराति भएको खेलमा एट्लेटिकोले लेभान्टेसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । दुवै गोल पहिलो हाफमै सम्भव भएको थियो ।
खेलको १७औं मिनेटमा इनिस बार्धीको गोलबाट घरेलु मैदानमा लेभान्टले अग्रता लिएको थियो । तर, ३७औं मिनेटमा मार्कोस लोरेन्टेले गोल गर्दै खेललाई १–१ गोल बराबरीमा ल्याउँदै एट्लेटिकोलाई हारबाट जोगाए । बराबरीसँगै शीर्षस्थानमा रहेको एट्लेटिकोको २२ खेलबाट ५५ अंक पुगेको छ । लेभान्टे भने २८ अंक जोडेर ११औं स्थानमा छ ।








