चितवन । चितवन प्रहरीले बिना ईजाजतका औषधी ओसारपसार गर्ने तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका वडा नंम्बर ३ बस्ने बर्ष ३० को दिनेश तामाङ, भरतपुर महानगरपालिका वडा नंम्बर ३ बस्ने बर्ष २२ को प्रदिप विश्वमकर्मा र भरतपुर महानगरपालिका वडा नंम्बर २ बस्ने बर्ष १८ को समिर तामाङ रहेका छन् ।
उनीहरुले लागूपदार्थको रूपमा प्रयोग गराउने उद्देश्यका साथ बिना ईजाजतका औषधीहरू बिक्रीबितरण गर्ने गरेको भन्ने विशेष सुराकीको आधारमा वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाइ पक्राउ गरेको थापाले बताए ।








