• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवन भेटेरान कप : आजको तीनैको निर्णय टाइब्रेकरबाट, बुटवललाई वाकओभर

  •   बुधबार, फागुन १२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फुटबलमा आज (बुधबार) एकैदिन तीन खेलको निर्णय टाइ ब्रेकरबाट लिइएको छ । प्रतियोगिता अन्तर्ग आज (बुधबार) सम्पन्न पहिलो खेलमा कैलाली भेटेरानले नवलपुर भेटेरानलाई टाइ ब्रेकरमा ५–३ ले पराजित गर्‍यो ।

    कैलालीले टाइब्रेकरमा ५ गोल नै गर्दा नवलपुरले जम्मा ३ गोल गर्‍यो । त्यस अघि निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो । खेलमा अग्रता भने नवलपुरले लिएको थियो । पहिलो हाफको चौथो मिनेटमा नवराज बस्नेतले गोल गर्दै नवलपुरलाई अग्रता दिलाएका थिए ।

    तर कैलालीले नवलपुरको अग्रता धेरै बेर टिक्न दिएन । नवौं मिनेटमा किशोर नेपालीले गोल गर्दै कैलालीलाई खेलमा फर्काए । पहिलो हाफमै कैलालीले अग्रता बनायो । १८ औं मिनेटमा मनु गौतमले गोल गरेपछि कैलाली २–१ को अग्रता लिन सफल भयो ।

    पहिलो हाफमा पछि परेको नवलपुर दोस्रो हाफमा खेलमा फर्कियो । दोस्रो हाफको १७ औं मिनेटमा हरि महतोले गोल गर्दै खेल २–२ को बराबरीमा पुर्‍याए । बाँकी समयमा थप गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । जितसँगै कैलाली क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलका लागि कैलालीले अब घरेलु टोली चितवन भेटेरान रातोको सामना गर्नेछ । यसअघि उद्घाटन खेलमा जनकपुरमाथि १०–० को फराकिलो जित निकाल्दै चितवन रातोले क्वाटरफाइनलमा स्थान बनाएको थियो ।

    यस्तै आजको दोस्रो खेलमा चितवन भेटेरान निलो बिजयी भएको छ । दोस्रो खेलको निर्णय पनि टाइब्रेकरबाट नै लिइेको हो । टाइब्रेकरमा चितवन निलोले सिमरा भेटेरानलाई ५–४ ले पराजित गर्‍यो । चितवनका गोलरक्षक बिष्णु दराईले सिमराको अन्तिम प्रहार रोकेपछि चितवन बिजयी भएको हो ।

    त्यसअघि निर्धारित समयको गोलरहित बराबरीमा सकिएको थियो । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोल गर्ने केही अवसर खेर फालेका थिए । चितवन निलोले अब सेमिफाइनल प्रवेशका लागि बुटवल भेटेरानको सामना गर्नेछ । आजको तेस्रो खेलमा कालभैरव हेटौंडाको प्राविधिक कारण सहभागी नभएपछि बुटवल वाकओभर पाउदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

    उता भारतको देहरादुन भेटेरान र भनिमण्डल भेटेरान ललितपुरबीचको आजको चौथो तथा अन्तिम खेल टाइब्रेकरमा पुगेको अवस्थामा अध्याँरोका कारण भिजन कम भएपछि भोलिका लागि सारिएको छ । आयोजक, व्यवस्थापना कमिटी, रेफ्री र खेलाडीहरुको छलफलले टाइब्रेकर भोलिका लागि सार्ने निर्णय गरेको थियो ।

    दुबै टिमले ३–३ पेनाल्टी प्रहार गरिसकेको अवस्थामा खेल स्थगित गरिएको प्रतियोगिता संयोजक वरुण बस्नेतले जानकारी दिए । भोलिको पहिलो खेल अघि टाइब्रेकर पुनस् गराइने उनले बताए ।

    चितवन भेटेरान क्लबले आयोजनामा आजबाट शुरु भएको प्रतियोगिता १४ गतेसम्म चल्नेछ । १४ टोलीको सहभागीता रहेको प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार तथा उपबिजेताले ७५ हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यो नेपालको ईतिहासमा भेटेरान कपको सर्वाधिक धनराशी हो । पहिलो संस्करणमा बिजेतालाई १ लाख ११ हजार १११ तथा उपबिजेतालाई ५० हजार ५५५ रुपैयाँ पुरस्कार राशी थियो । यस वर्ष पुरस्कार राशी बढाइएको छ । यस्तै बिभिन्न विधाका विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

     

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.