चितवन । सरकारले चितवनसहित ७१ जिल्लामा राष्ट्रिय युवा परिषदका अध्यक्ष नियुक्त गरेको छ । नेपाल सरकारकाे युवा तथा खेलकुद मन्त्री दावा लामाको अध्यक्षतामा फागुन ३ गते बसेको बैठकले जिल्ला युवा समितिका अध्यक्ष मनोनयन गरेको परिषदले जनाएको छ । चितवनमा यसअघिकै अध्यक्ष अस्मिन घिमिरेले पुनः नियुक्ति पाएका छन् ।
धेरै जिल्लाका अध्यक्षकाे कार्यकाल पुनः थपिएकाे छ । यसअघि तत्कालीन मन्त्री राजन केसीका पालामा मनोनयन भएका ६ जना जिल्ला अध्यक्षको पदावधि कायमै रहेकाले बाँकी जिल्लामा नयाँ अध्यक्ष मनोनयन गरिएको हो । मन्त्री लामा र युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलबीच छलफलपछि सूची तय भएको हो ।
मनोनयन भएका जिल्ला युवा समितिका अध्यक्षहरु केपी ओली पक्षीय नेकपाका युवा र विद्यार्थी फाँटमा क्रियाशील नेताहरु हुन् । कतिपय अध्यक्ष दोहोरिएका छन् । राष्ट्रिय युवा परिषदको बोर्ड केही दिनअघि गठन भएको थियो । मनोनयन भएका जिल्ला युवा समितिका अध्यक्षहरुको सूची यसप्रकार छ ।








