सांकेतिक तस्विर
हेटौंडा । हेटौंडा १२ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन। हेटौंडा-१२ गुम्बाडाँडा स्थित गुप्तेश्वरी जंगलमा घोप्टो परेर लडेको अवस्थामा एक पुरुष मृत फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।
मृत अवस्थामा फेला परेको व्यक्ती सोही वडाको गोठदमार बस्ने अन्दाजी ४० बर्षीय केशव विकको रहेको जनाइएको छ। शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।








